१० पुस २०८२, बिहिबार | December 25, 2025

रोल्पामा पिकअप जिप दुर्घटना हुँदा चालकको मृत्यु, तीन बालिका गम्भीर घाइते



दाङ । रोल्पामा सुन्तला बोकेर दाङतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तीन जना बालिका गम्भीर घाइते भएका छन् ।

चालक माडी गाउँपालिका-१ भित्तावाङका २० वर्षीय हुकुम घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

दुर्घटनामा परि त्रिवेणी गाउँपालिका-४ की १४ बर्षीया दिलमाया घर्ती मगर, सोही ठाउँकी १२ बर्षीया सरिता घर्ती मगर, त्रिवेणी-२ नुवागाँउकी ११ वर्षीया करुण बाँठा मगरलाई पिकअपले च्यापेको अवस्थामा उद्धार गरि उपचारका लागि दाङको तुलसीपुर तर्फ पठाइएको रोल्पा प्रहरीले जानकारी दिएको छ ।

पिकअप सडकबाट खसेपछि चालकसहित चार जनालाई च्यापेको थियो । पिकअपले च्यापेको अवस्थामा तीन बालिकाको उद्धार गरिएपनि चालकको उद्धार गर्न समस्या भएको थियो ।

शुक्रबार बेलुका पौने ५ बजेतिर त्रिवेणी गाउँपालिका-४ सिमपानीमा लु १ च ८६८७ नम्बरको सुन्तला बोकेर दाङको तुलसीपुर तर्फ आउँदै गरेको जीप अनियन्त्रित भइ दुर्घटना हुँदा झन्डै २५ मिटर तल खसेको थियो । उक्त पिकअप जीप माडी गाउँपालिका-१ पेदीखोलादेखि सुन्तला बोकेर तुलसीपुर आउँदै थियो ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ७ : ०८ बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु