१० पुस २०८२, बिहिबार | December 25, 2025

सात बुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्री दृढ देखिनुपर्छ : कांग्रेस नेता शाही



काठमाडौं । नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले प्रधानमन्त्री केपी शर्मा ओली सात बुँदे सहमति कार्यान्वयनमा दृढ हुनुपर्ने बताएका छन्। काठमाडौंको धुम्बाराहीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता शाहीले उक्त कुरा बताएका हुन्।

कांग्रेस(एमालेबीच सत्ता गठबन्धन हुँदै गर्दा सहमति गरिएका साँतै बुँदा अक्षरशस् पालना गर्न सरकार प्रतिवद्ध हुनुपर्ने उनले बताए।

‘प्रधानमन्त्रीले नै राष्ट्रियसभाका कारण संविधान संशोधन गर्न गाह्रो हुन्छ। अब २०८७ मा मात्र संशोधन हुन्छ भन्नु गठबन्धनको भावना विपरित हो। उहाँले सत्तारुढ दल कांग्रेसको आफूलाई साथ छ। गठबन्धनको भावना विपरित बोल्नु हुँदैन। सहमतिका बुँदा कार्यान्वयनमा केन्द्रीत हुनुपर्छ भन्ने हेक्का राख्नुपर्छ’, उनले भने।

कांग्रेस सभापति शेरबहादुर देउवाले कतै सत्ता सहयात्राका विषयमा टिप्पणी नगर्दा प्रधानमन्त्रीले अनावश्यक बोलिरहनु उपयुक्त नहुने उनको भनाइ छ। गठबन्धन लगका कुनै पनि नेतालाई मनलाग्दी अभिव्यक्ति नदिन उनले आग्रह गरेका छन्।

दुई ठूला दल एक ठाउँमा आउँदा जनतामा विकास र समृद्धिको आसा जागेकोमा त्यसलाई मर्न दिन नहुने उनी बताउँछन्।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ५ : ३७ बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु