१० पुस २०८२, बिहिबार | December 25, 2025

माओवादी पदाधिकारी बैठक माघ २ गतेका लागि सारियो



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक पछि पहिलो पटक बोलाईएको पदाधिकारी बैठक तयारी नपुगेको भन्दै सारिएको छ । सोमबार दिउँसोका लागि बोलाईएको बैठक आगामी माघ २ गतेका लागि सारिएको छ ।

नेताहरुको कार्यबिभाजन र हेरफेरको मुख्य एजेण्डामाथि छलफल गर्न बोलाईएको बैठक माघ २ गतेसम्मका लागि सारिएको सचिव देवेन्द्र पौडेलले बताए । बैठकको आवश्यक तयारी नपुगेका कारण बुधबारसम्मका लागि स्थगित गरिएको उनले बताए ।

पछिल्लो केन्द्रीय समिति बैठकमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन सहभागी भएपछि पार्टीकै नेताहरुले आलोचना गरेका थिए । कार्यबिभाजनमा पासाङको पनि जिम्मेवारी तोक्ने आंकलन गरिएपनि सचिव पौडेलले पासाङलाई जिम्मेवारी नतोकिने दाबी गरे । पूर्वउपराष्ट्रपति भइसकेको मान्छे पुनः राजनीतिमा सक्रिय भएको भन्दै केन्द्रीय समिति बैठकमै नेताहरूले आलोचना गरेका थिए ।

 

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ३ : ११ बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु