१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपालीहरुबीच सुमधुर सम्बन्ध कायम गर्न चाडपर्व उपयोगी : सभापति देउवा



काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले नेपालीहरूका बीचमा सुमधुर सम्बन्ध कायम गर्न सघाउनाका साथै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।

‘मकर सङ्क्रान्ति÷माघे सङ्क्रान्ति’का अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वलाई नेपालका विभिन्न जातजातिले विशेष पर्वका रुपमा मनाउँदै आएको बताएका छन् । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा मनाइने यस्ता पर्वले सामाजिक सद्भाव बढाउँदै सबै जातजाति, धर्म, वर्ग र पेसा अवलम्बन गर्ने उनको भनाइ छ ।

सभापति देउवाले यस दिनलाई विशेष पर्वका रूपमा मनाउने थारू समुदायलगायत अन्य समुदायका सम्पूर्णमा पार्टी र आफ्नोतर्फबाट सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १२ : ०१ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच