१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

संसदको नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने विपक्षी दलको निर्णय



काठमाडौं । संघीय संसदमा रहेका प्रतिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलहरूको बैठकले सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउन दबाब दिने निर्णय गरेको हो । उनीहरुले संयुक्त वक्तव्य निकालेर सरकारलाई दबाब दिने भएका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका उपमहासचिव वषमान पुनले सरकार संसद् छलेर अलोकतान्त्रिक तरिकाले अध्यादेशबाट शासन गर्न लागेको आरोप लगाए । उनले भने, ‘संसद्को नियमित अधिवेशन बोलाउन सरकारलाई दबाब दिने नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय भएको छ।’ बैठकले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको निस्कर्ष समेत निकालेको छ ।

बैठकमा एकीकृत समाजवादी, रास्वपा, राप्रपा, आजपा, नेसपाका शीर्ष नेताहरु सहभागी भएका थिए ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ११ : १८ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित