१० पुस २०८२, बिहिबार | December 25, 2025

संसदको नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने विपक्षी दलको निर्णय



काठमाडौं । संघीय संसदमा रहेका प्रतिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलहरूको बैठकले सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउन दबाब दिने निर्णय गरेको हो । उनीहरुले संयुक्त वक्तव्य निकालेर सरकारलाई दबाब दिने भएका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका उपमहासचिव वषमान पुनले सरकार संसद् छलेर अलोकतान्त्रिक तरिकाले अध्यादेशबाट शासन गर्न लागेको आरोप लगाए । उनले भने, ‘संसद्को नियमित अधिवेशन बोलाउन सरकारलाई दबाब दिने नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय भएको छ।’ बैठकले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको निस्कर्ष समेत निकालेको छ ।

बैठकमा एकीकृत समाजवादी, रास्वपा, राप्रपा, आजपा, नेसपाका शीर्ष नेताहरु सहभागी भएका थिए ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ११ : १८ बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु