२१ मंसिर २०८२, आइतबार | December 7, 2025

पूर्वगृहमन्त्री बालकृष्ण खाँणले गरे तिनाउ नदिमा स्थलगत अनुगमन



बुटवल । पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले बुटवल उपमहानगरपालिकामा पर्ने तिनाउ नदिमा बाढीले भत्काएको नदिको तटबन्धन र बेडबारको स्थलगत अवलोकन गरेका छन ।

उनी आफू सिचाईमन्त्री भएका बेला कटान रोक्न तिनाउको दुबैतर्फ तटबन्धन गर्नुको साथै नदिको गहिराई नियन्त्रणका लागि बेडबार निर्माण गरिएको थियो । त्यसपछि वर्षेनी वर्खामा आएको बाढीले कतिपय ठाउँमा तटबन्धन तथा बेडबार भत्काईदिएको छ ।

बुटवलको तिनाउपुल माथि र तलबाट समेत सिचाईका बाँधहरु रहेको र नदि गहिरिँदै जाँदा सिचाईको मुहानमा समेत समस्या हुने भएकाले बेडबार बाधिएको थियो । नदिमा भत्किएका तटबन्धन तथा बेडबार अवलोकन गरी उनले नियन्त्रणका लागि थप बजेट निनियोजन गरी व्यवस्थित गर्न आवश्यक रहेको बताए ।

बुटवललाइ सुरक्षित बनाउन बुटवल उपमहानगरपालिकाले बजेट बिनियोजन गरेर काम थालिसकेको नगरप्रमुख खेलराज पाण्डेयले बताए । यस्तै उनले बुटवल-गोरुसिंगे सडक निर्माण प्रकृयालाइ सहज बनाउनुपर्ने बताएका छन । उनले बुटवल-नारायणगढ सडक निर्माणमा भएको सुस्तताले यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक वातावरणमा समेत खलल पुर्याएको भन्दै त्यसले दिएको शिक्षालाई ग्रहण गरेर बुटवल-गोरुसिङ्गे सडक समयमै निर्माण सम्पन्न गर्न र निर्माणको अवधिमा पनि सर्वसाधारणलाई समेत समस्या नहुने प्रक्रिया अवलम्वन गर्न आग्रह गरे ।

पूर्वगृहमन्त्री खाँणले शुक्रबार बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक योजना कार्यालयका अधिकारीहरुलाई भेटेर सडक पूर्वाधार निर्माणमा हुने गतिरोधले अर्थतन्त्रलाई पनि प्रभाव पार्ने र स्थानीयलाई पनि समस्या हुने भएकाले समयमै सम्पन्न गर्नेगरी काम अगाडि बढाउन आग्रह गरेका हुन ।

त्यसैगरी लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले पनि सबै बाटो एकै पटक नभत्काई पार्टपार्टमा काम गर्न आग्रह गरे ।

बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक योजना कार्यालयका लेखा अधिकृत तथा सूचना अधिकारी राजेन्द्रप्रसाद आचार्यले २०८१ कात्तिक ४ देखि तीन वर्षमा सम्पन्न गर्नेगरी गत असारमा निर्माण व्यवसायीसंग सम्झौता भएको र सडक क्षेत्रमा पर्ने रुख कटानका लागि कटान आदेश अन्तिम चरणमा रहेको जानकारी गराए । उनले सवारी अवागमनमा असर नपर्नेगरी पहिले सडकको क्षेत्राधिकार क्लियर गर्ने र कुल ५० किलोमिटर मध्ये २५-२५ किलोमिटर दुई भागमा विभाजन गरी काम हुने जानकारी गराए । उनका अनुसार यो सडक विस्तारको काम अव छिटै सुरु हुनेछ ।

बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक योजना कार्यालयका ईञ्जिनियर जिगेशप्रसाद चौधरीका अनुसार आयोजनाको कुल लम्बाई ५० किलोमिटर रहेको छ । जसमा शहरी क्षेत्रमा फूटपाथ तथा नाली सहित ५० मिटर, ग्रामिण क्षेत्रमा ३७ मिटर र बन क्षेत्रमा २४ मिटर चौडाई सडक निर्माण गरिने छ । उनले प्राप्त भएका सुझावलाई ग्रहण गरी सवारी आवागमनमा पनि समस्या नहुने र समयमै सम्पन्न गर्ने गरी निर्माणको काम अगाडि बढाईने बताए ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ६ : ३५ बजे

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र

पोखरा । नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन

बर्दिया युवती आत्महत्या प्रकरणमा गृहमन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं। बर्दियामा नागरिकता नपाएकै कारण एक युवतीले ज्यान गुमाएको विषयमा

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि

सुर्खेत आँखा अस्पतालमा सेवा विस्तारः अब कर्णालीका आँखाका बिरामी काठमाडौं जानुपर्दैन

सुर्खेत । सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल