२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

आईसीसी यु-१९ महिला टी-२० विश्वकप आजदेखी : पहिलो खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै



काठमाडौं । आईसीसी यु-१९ महिला टी-२० विश्वकप आजदेखि मलेसियामा सुरु हुँदैछ । आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै विश्वपको सुरुवात गर्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन् ।

नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ भने तेस्रो भिडन्त माघ ९ गते अस्ट्रेलियासँग हुनेछ ।

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् भने समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् ।

शनिबार पहिलो खेल अस्ट्रेलिया र स्कटल्याण्डले बिहान ८:१५ बजे खेल्न सुरु गर्नेछन् भने दोस्रो खेलमा सोही समयमा इंग्ल्याण्ड र आरल्याण्डले प्रतिस्पर्धा गर्नेछन् । आजको अर्को खेल नाइजेरिया र सीमोवाबीच हुनेछ ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ६ : ४३ बजे

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बागलुङमा मतदान अधिकृतको जिम्मेवारी खोसियो

बागलुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा बागलुङमा खटिएका एक मतदान

निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण

बाँकेमा निर्वाचनको पूर्व तयारी सम्पन्न, मतगणना स्थलमा तारजालीको घेराबन्दी (फोटोफिचर)

नेपालगन्ज । बाँकेमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा