२४ भदौ २०८३, बुधबार | September 9, 2026

४ विकेटको क्षतिमा अष्ट्रेलियाले जोडयो ८६ रन



काठमाडौं । नेपालले सुरूवातमा राम्रो गरे पनि अष्ट्रेलिया आक्रामक देखिएका छन् । टस हारेर फिल्डिङ रोजेको नेपालले ४ ओभरमा ३ विकेट लिन सफल भए पनि अहिले अष्ट्रेेलियाले थप १ बिकेट गुमाएर १३ ओभरमा ८६ रन जोड्न सफल भएको छ ।

कप्तान पुजा महतोले तीनै बिकेट लिदाँ अष्ट्रेलियाले भने जम्मा २० रन जोडेको थियो । त्यसपछि एक रिया शर्माले बिकेट मात्र झार्न नेपाल सफल भएकी छिन् ।  नेपालले आइसिसी यु-१९ महिला टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध पहिला फिल्डिङ गरेको हो ।

मलेसियाको वाइएसडी युकेएम ओभलमा अस्ट्रेलियाकी कप्तान लुसी ह्यामिल्टनले टस जितेर ब्याटिङको निर्णय लिएकी थिईन् । नेपाल पहिलो जितको लक्ष्यमा मैदानमा रहेको छ । अघिल्ला खेलमा नेपालले बंगलादेशसँग पाँच र स्कटल्यान्डसँग एक विकेटको हार बेहोरेको थियो ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १ : ३७ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी