१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पर्यटन क्षेत्रको विकासका लागि १० वर्षे कार्ययोजना तयार हुँदै



धादिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पर्यटन क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न १० वर्षे कार्ययोजना तयार भइरहेको बताएका छन । आज राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ धादिङको दोस्रो जिल्ला अधिवेशन उद्घाटनपछि उनले प्रधानमन्त्री, अर्थमन्त्री, कानुनमन्त्रीसहित पर्यटनसँग जोडिएका मन्त्रालयसँगको समन्वयमा कार्ययोजना तयार गरिरहेको बताए ।

मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्न तत्पर रहेको र पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । “नेपालमा पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन्, अहिले पनि लाखौँ पर्यटक ल्याउने अवसर छ”, उनले भने, “हाम्रा संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने दिशामा हामी तत्परताका साथ लागिरहेका छौँ ।”

नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका पाण्डेले मूल प्रतिस्पर्धी नेकपा (एमाले) सँगको गठबन्धन अवसर र चुनौती दुवै रहेको बताए । “एमालेसँग सहकार्य र प्रतिस्पर्धा दुवै हुन्छ”, उनले भने, “एमालेसँग सरकारमा सहकार्य र चुनावमा प्रतिस्पर्धा हुन्छ । अहिले एमाले र कांग्रेसको गठबन्धन सुशासन, भ्रष्टाचार न्यूनीकरण र सरकारलाई स्थायित्व दिनको लागि हो ।”

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ५ : १७ बजे

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद