२ असार २०८३, मंगलबार | June 17, 2026

महाशिवरात्रिमा पशुपतिनाथ आउने भक्तजनलाई धेरै सुविधा दिने तयारी



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजनका लागि धेरैभन्दा धेरै सुविधा दिइने बताएका छन ।

पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा भइरहेको तयारीको आज बिहान अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वका विभिन्न स्थानबाट पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनका लागि सुविधा दिन अहिले पनि काम भइरहेको बताए । पशुपति क्षेत्रका विभिन्न स्थानमा अहिले पनि खानेपानीका पाइप विच्छ्याउनेलगायत काम भइरहँदा महाशिवरात्रिका अवसरमा आउने भक्तजनका लागि असहज हुने भएकाले छिटो व्यवस्थापन गर्न सरोकार भएका निकायलाई समन्वय गर्न लागिएको कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले बताए ।

महाशिवरात्रिको तयारीका लागि सरकारी निकायसँगै विभिन्न सामाजिक सङ्घ संस्था र व्यक्तित्वको पनि सहयोग आवश्यक रहेकामा उनले जोड दिए । मन्त्री पाण्डेले पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, घाट क्षेत्र, राममन्दिर, मृगस्थली, विश्वरुपलगायतस्थानमा भइरहेको महाशिवरात्रिको तयारीका कामको अवलोकन गरेका थिए ।

अझै केही काम सक्न समय लाग्ने देखिएकाले महाशिवरात्रिअघि नै काम सक्न पनि मन्त्री पाण्डेले कोषका कर्मचारीलाई निर्देशन दिए । कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्यहरुलगायतले उनलाई महाशिवरात्रिका अवसरमा भइरहेको तयारीका बारेमा जानकारी गराएका थिए ।

महाशिवरात्रिको तयारीका लागि मन्त्री पाण्डेको अध्यक्षतामा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समितिअन्तर्गत नौ वटा विषयगत उपसमिति गठन गरेर महाशिवरात्रिको तयारी भइरहेको सदस्य सचिव थापाले सुनाए ।

मूल समारोह समिति र उपसमितिले तयारीलाई तीव्रता दिइरहेको कोषले जनाएको छ । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा साधुसन्तको आगमन सुरु भइसकेको छ । पशुपति क्षेत्रमा आएका साधुसन्तलाई स्वर्गद्वारी आश्रमलगायतले आवास, भोजन एवं धुनी ताप्ने व्यवस्था सुरु गरिसकेका छन् ।

यस वर्ष भारतको प्रयागमा जारी महाकुम्भ दर्शन गरेर महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि धेरै भक्तजन आउने अनुमान गरिएको कोषले जनाएको छ । पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि कोष, गुठी संस्थान, पशुपति क्षेत्रस्थित विभिन्न आश्रमले आवास, भोजन र धुनी ताप्ने व्यवस्था गर्ने गरेका छन् । महाशिवरात्रि सकिएपछि कोष र संस्थानले साधुसन्तलाई दक्षिणासहित बिदाइ गर्ने प्राचीनकालदेखिको परम्परा छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  २ : ३८ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ