६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची



देउखुरी । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ । आज दिउँसो दिनको १ बजे बस्ने पाँचौ अधिवेशनको तेस्रो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयक सम्बन्धी प्राप्त जानकारी सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ ।

यसैगरी सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा बोल्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले “प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने र सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले दिनेछन् ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ७ : ४७ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको