३ चैत्र २०८२, मंगलबार | March 17, 2026

बाग्मती सफाइमा जुट्न थाले महानगरका जनप्रतिनिधि



काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि आफ्नो क्षेत्रको वाग्मती सफाइमा जुट्न थालेका छन् । महानगरपालिका-९ का वडाध्यक्ष रामजी भण्डारीको नेतृत्वमा शनिबार तिलगङ्गा निलो पुलमा जनप्रतिनिधि बाग्मती सफाइमा केन्द्रित भएका थिए ।

बाग्मती सफाइ महाअभियानको ६१० औँ हप्तामा वडासदस्य टेकराज अधिकारी, रचना सुनाम, सृजना भेटवाल, कामनपा वडा नं ११ का अध्यक्ष हिरालाल तन्डुकारलगायत जनप्रतिनिधिको सक्रियतामा सफाइ गरिएको थियो । स्थानीयवासी, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, कामनपा वातावरण विभाग टेकु, बाग्मती सफाइ महाअभियानका प्रमुख अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौड्यालसहित बाग्मती सफाइ अभियानकर्मी पनि सफाइमा सक्रिय भएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । त्यस क्षेत्रको बाग्मती किनारबाट तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको पनि उनले सुनाए । कामनपा वातावरण विभाग टेकुको ट्रकमा उठाइएको सबै फोहर व्यवस्थापन गरिएको थियो ।

कामनपा वडा न ९ र ८ संयुक्त पहलमा आजदेखि महानगरीय प्रहरी बलका प्रहरी नायब उपरीक्षक शिव पौडेलको नेतृत्वमा २० जनाले तिलगङ्गा बाग्मती पुलबाट प्रयागघाटसम्म दायाँबायाँ किनारमा सरसफाइ एव बिरुवा गोडमेल गर्ने गरी कार्यक्रम बनाइएको अभियानकर्मी शाहीले बताए । गत शनिबार वडा नं ८ का अध्यक्ष आशामान सँगतको नेतृत्वमा पशुपति क्षेत्रस्थित नदी किनारमा सफाइ गरिएको थियो । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार नियमित रूपमा वाग्मती किनारमा हुने गरेको छ । रासस

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ८ : ०९ बजे

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

ढोरपाटन । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै