२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

लायन्स भैरहवा वेष्टले जित्यो नेपाल लेन्स इन्टर लायन्स फुटसलको उपाधी



भैरहवा । लायन्स क्लब अफ भैरहवा वेष्टद्वारा आयोजित नेपाल लेन्स इन्टर लायन्स फुटसल प्रतियोगिताको उपाधि आयोजकले नै जितेको छ । फाइनल खेलमा लायन्स क्लब अफ सिद्धार्थनगर गौतम बुद्धलाई ४-२ गोल अन्तरले पराजित गर्दै लायन्स क्लब अफ भैरहवा वेष्टले उपाधि जित्न सफल भएको हो ।

रुपन्देहीको भैरहवामा आयोजित प्रतियोगितामा ८ वटा स्थानीय लायन्स क्लबको सहभागीता रहेको क्लबका संस्थापक अध्यक्ष संजय सिंह के.सी.ले बताए । प्रतियोगिताका संयोजक राजु के.सी.का अनुसार लिग चरणबाट लायन्स क्लब अफ भैरहवा वेष्ट, लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी, लायन्स क्लब अफ सिद्धार्थनगर युथ र लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध सेमीफाइनलमा प्रवेश गर्न सफल भएका थिए ।

उद्घाटन खेल लायन्स क्लब अफ सिद्धार्थनगर र लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धबीच भएको थियो । उक्त खेलमा लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध जित्न सफल भएको थियो ।

प्रतियोगिताको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले उद्घाटन गरेका थिए । सो अवसरमा प्रमुख अतिथि डिष्ट्रिक गभर्नर प्रधानाङ्गले लायन्स क्लबले सामाजिक कार्यसँगै खेलकुद गतिविधिलाई पनि अगाडि बढाएको बताए । कार्यक्रममा लायन्स डिष्ट्रिक फस्ट भाईस डिष्ट्रिक गभर्नर बालराम भट्टराई, पास्ट डिष्ट्रिक गभर्नर नवराज न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका बिसन गुरुङ प्रतियोगिताको ‘प्लेयर अफ द टुर्नामेन्ट’ र प्रतियोगितामा कुल ९ गोल गर्दै लायन्स क्लब अफ भैरहवा वेष्टका समिर पौडेलले ‘सर्वाधिक गोलकर्ता’ घोषित भइ ट्रफी पुरस्कार पाएका थिए । त्यसै गरी उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकको उपाधि लायन्स क्लब अफ भैरहवा वेष्टका रोशन शर्मा र मोहन बहादुर थापाले पाउन सफल भएका थिए ।

प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि पास्ट डिष्ट्रिक गभर्नर नवराज न्यौपाने, जोन चेयरपर्सन अरुण पन्थी र मुख्य प्रायोजक नेपाल लेन्सका तर्फबाट रितेश गौतमले खेलाडीहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण वितरण गरेका थिए ।

कार्यक्रममा लायन्स क्लब अफ भैरहवा वेष्टका संस्थापक अध्यक्ष संजय सिंह के.सी.ले सम्पूर्ण सहभागी क्लबहरुलाई खेलकुदको भावनासहित सहभागी भएर कार्यक्रम सफल बनाउन सहयोग गरेको भन्दै आभार व्यक्त गरे ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ९ : ०७ बजे

बाँकेमा निर्वाचनको पूर्व तयारी सम्पन्न, मतगणना स्थलमा तारजालीको घेराबन्दी (फोटोफिचर)

नेपालगन्ज । बाँकेमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका