४ पुस २०८२, शुक्रबार | December 19, 2025

अन्तर्राष्ट्रिय पर्यटन मेलामा भाग लिन नाट्टाको टोली स्पेन प्रस्थान



काठमाडौं । अन्तर्राष्ट्रिय पर्यटन मेलामा भाग लिन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को टोली स्पेन प्रस्थान गरेको छ ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा स्पेनको म्याड्रिडमा जनवरी २२ देखि २६ सम्म हुन लागेको अन्तर्राष्ट्रिय ट्राभल ट्रेड फेयर (फितुर)मा भाग लिन नाट्टाका अध्यक्ष कुमारमणि थपलिया नेतृत्वको उक्त टोली आज बिहान स्पेन प्रस्थान गरेको हो ।

उक्त मेलामा नेपालका २५ भन्दा बढी ट्राभल, ट्रेकिङ र होटल व्यवसायबाट ५० भन्दा बढी प्रतिनिधि सहभागी हुने नाट्टाका सहकोषाध्यक्ष एवं कार्यक्रमका संयोजक ढकनाथ काफ्लेले जानकारी दिए ।

नाट्टाका अध्यक्ष थपलियाले नेपालको पर्यटन क्षेत्रलाई विश्वभर चिनाउनका लागि यस्ता मेलामार्फत सहयोग पुग्ने बताए । नेपालमा पर्यटन क्षेत्रको दिगो विकासका लागि यस्ता कार्यक्रममा निरन्तर सहभागिता आवश्यक रहेको उनको भनाइ थियो ।

स्पेनमा हुन लागेको उक्त अन्तर्राष्ट्रिय मेलामा विश्वभरका एक लाखभन्दा बढी पर्यटकीय उद्योग, व्यवसायी, प्रतिनिधि र व्यवसाय साझेदारहरुको उपस्थिति रहने नाट्टाले जनाएको छ ।

नेपालका आकर्षक गन्तव्य तथा पर्यटकीय स्रोतलाई विश्वव्यापी बनाउँदै आर्थिक गतिविधिलाई बलियो बनाउन यस्ता मेला महत्वपूर्ण भएको अध्यक्ष थपलियाले बताए ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : ०५ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ