१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपाली र दक्षिण कोरियाली कविता वाचन



काठमाडौँ । नेपाल र दक्षिण कोरियाली साहित्यकारबीच आज साहित्यिक विमर्श तथा कवितावाचन गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, देवकोटा, लुसुन प्रज्ञा प्रतिष्ठान र जरा फाउण्डेशनको आयोजनामा भएको उक्त कार्यक्रममा दुवै मुलुकका कविहरुले कविता वाचन गरेका थिए । कार्यक्रममा दक्षिण कोरियाका कविहरु किम ह्याङ ह्यो, छाङ यङ जा, खिम छा नाम, लिह्यो, ओह छुङ्ग्योङ, ली यङ जु, छाङ यङसुक तथा नेपालका कविहरु भूपाल राई, विमल निभा, मातृका पोखरेल, सीता शर्मा, कृष्ण प्रसाईं, बाबा बस्नेत, डा सृजना शर्माले कविता वाचन गरे । कार्यक्रममा प्रगति राईद्वारा सम्पादित ‘के–डिका पोएम’ (तस्बिर–कविता) को लोकार्पण गरिएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले साहित्यले भौगोलिक दूरत्वलाई घटाउने भएकाले यस प्रकारका अन्तरदेशीय साहित्यिक गतिविधिलाई बढाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ७ : ३७ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको