१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

कोरियाले नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको सहायता प्रदान गर्ने



काठमाडौँ । गणतन्त्र कोरिया सरकारले हालैको भारी वर्षापछिको विपद्को पुनःनिर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ ।

नेपालस्थित कोरियाली दूूतवासले त्यहाँको सरकारले आज यस्तो निर्णय गरेको जनाएको हो । यस सहयोगबाट विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापना र ती क्षेत्रका बासिन्दाहरूलाई छिट्टै आफ्नो नियमित दैनिक जीवनमा फर्कन मद्दत गर्ने अपेक्षा कोरिया सरकारले गरेको दूतावासले जनाएको छ ।

यसैबीच कोरियाका विदेशमन्त्री चो ताए–युल्कनले परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई सन्देश पठाउँदै नेपालमा आएको बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको जनाइएको छ ।

कोरियाली सरकारले विकास तथा सहयोगमा नेपाललाई प्राथमिकतामा राखेको र यसले दुई देशबीचको सहकार्य र मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गरेको छ । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको छ ।

 

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ५ : ४१ बजे

भुटानमा शिंताफू हिमताल फुट्यो, लाया क्षेत्र सडक सम्पर्कविहीन

काठमाडौं । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि

एनपीएलमा आज विश्राम, शनिबार दुई खेल

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज

स्याफ्रुबेँसी-खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

रसुवा । भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा

रुपन्देहीमा नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान सुरु

बुटवल । नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीले विहिबार राष्ट्रिय जागरण अभियान