३१ भदौ २०८३, बुधबार | September 17, 2026

देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु



तनहुँ । जिल्लाको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु गरिएको छ । चितवनको भरतपुरबाट देवघाट जाने त्रिशुली नदीमाथिको झोलुङ्गे पुल मर्मत थालिएको हो ।

तनहुँको देवघाट गाउँपालिका-e५ र चितवनको भरतपुर महानगरपालिका-१ जोड्ने उक्त पुलमा निर्माण अवधिभर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मोटरसाइकल सञ्चालनमा रोक लगाइएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए । मोटरसाइकल आवागमन रोक लगाएर पुल मर्मत भइरहेको उनले बताए ।

समितिले आफ्नो भौगोलिक कार्यक्षेत्रभित्र पर्ने त्रिशूली नदीमाथिको उक्त झोलुङ्गे पुल जीर्ण भएकले ‘सस्पेन्सन बृज’ डिभिजन कार्यालय पुल्चोक, ललितपुरबाट खटिएका प्राविधिकको टोलीले मर्मत गरिरहेको जनाउँदै मर्मतमा सहकार्य र समन्वय गर्न सर्वसाधारणलाई आग्रह गरिएको बरालले उल्लेख गरे ।

स्थानीयवासी, भक्तजन तथा अन्य सर्वसाधारणलाई सहज र सुरक्षित आवागमनको व्यवस्था मिलाउन पुल मर्मतमा आवश्यक सहयोग गर्न समितिले अनुरोध गरेको निर्देशक बरालले बताए । पुल मर्मत पूरा नहुँदासम्म उक्त अवधिभर मोटरसाइकल सञ्चालनमा रोक लगाइएको उनले उल्लेख गरे । पुल मर्मतका लागि प्राविधिक र मजदूर गरी छ जना खटिएका छन् ।

विसं २०३७ मा निर्मित उक्त झोलुङ्गे पुल जीर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आइएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । दैनिक हजारौँ आवतजावत गर्ने उक्त पुलको केही दिन अघि पत्ताको केही भाग उप्किएर बाँसको कप्टेरो राख्नु परेको थियो । झोलुङ्गे पुल हुँदै सामान्य दिनमा स्थानीय तथा बाहिरबाट आउने भक्तजनसहित दैनिक छ हजारभन्दा बढी आवतजावत गर्ने गरेको निर्देशक बरालले जानकारी दिए ।

विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले देवघाट आउनका लागि हाल ठिमुराको पुल, दासढुङ्गाको मोटरेबल पुल, नवलपुर जोड्ने हर्दी पुल र जुगेडीको झोलुङ्गे पुल रहेपनि देवघाट आउनेमध्ये करिब ९५ प्रतिशतले सोही पुल प्रयोग गर्ने गरेका जानकारी दिए ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुल मर्मत गर्न माग गर्दै केही दिन अगाडि सस्पेन्सन बृज डिभिजन कार्यालयमा ज्ञापनपत्र बुझाइएको बताए ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ७ : ४९ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै