२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

सूर्य नेपाल वेस्टर्न ओपन सुरु, निरज शीर्षस्थानमा



पोखरा । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन निरज तामाङ दुई स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा रहेकाछन्।

पोखराको हिमालयन गल्फ कोर्समा ४-अन्डर ६५ कोस्कोरमा निरजले पहिलो दिन युवराज भुजेल र भुवन कुमार रोक्कालाई २ स्ट्रोकले पछि पारेका हुन। २-अन्डर ६७ कोस्कोरमा युवराज र भुवन संयुक्त रुपमा दोस्रो स्थानमा रहेकाछन्।

धनबहादुर थापा र सञ्जय लामाले १-अन्डर ६८ मा पहिलोदिनको खेल सकाए। उनीहरू संयुक्तरुपमा चौथो स्थानमा रहे। रामे मगर र जयराम श्रेष्ठले छेटौं स्थान बाँडे। उनीहरूलेआज इभन-पार ६९ मा खेल सकाए। प्रदीप कुमार लामा र एमेच्योर सुन्दर राईले १-ओभर ७० मा खेल पुरा गर्दैसंयुक्त रुपमा आठौं स्थानमा रहेका छन। यस्तै, विष्णुप्रसाद शर्मा र एमेच्योर सुरेश तामाङ १०औं स्थानमा रहे। उनीहरुले २-ओभर ७१ खेले।

सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल ईस्टर्न ओपनजितेका निरजले पोखरामा पनि सुरूवात राम्रो गरे। उनलेबोगी रहित फ्रन्ट नाइन खेले। तेस्रो र चौथो होलमा बर्डीप्रहार गर्दै फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। यसपछि १५औं होलमा एक सट खेर फालेपनि १०औं, १३औं र १६औंहोलको बर्डीले ब्याक नाइन २-अन्डर ३३ मा सकाए।

धरानका अर्का प्रो युवराजले फ्रन्ट नाइनमा १-अन्डर ३३ कोप्रदर्शन गरे। दोस्रो र तेस्रो होलमा बर्डीको सफलतामा सुरूवात राम्रो गरे। तर पाँचौं होलमा डबल बोगी खेप्दा सातौं होलमा बोगीको सामना गरे। यसपछि आठौं र नवौं होलमा एक-एक सट बचाए। ब्याक नाइन उनले १-अन्डर ३४ मासकाए। १३औं देखि १५औं होलसम्म लगातार तीन बर्डी प्रहार गरे तर १०औं र १८औ होलमा एक-एक सट खेर फाले।

भुवनले तेस्रो र पाँचौं होलको बर्डीको मद्दतले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। यसपछि ११औं होलमा डबल बोगी खेपे। १६औं र १७औं होलको बर्डीले ब्याक नाइन इभन-पार ३५ मा पुरा गरे।

एमेच्योरतर्फ सुन्दर राई १-ओभर ७० सहित शीर्षस्थानमारहेका छन्। उनले सुरेश तामाङलाई एक स्ट्रोकले पछि पारे।सुरेशले पहिलो दिन २-ओभर ७१ स्कोर गरे।

५४ होलको तीन दिने प्रतियोगितामा ३४ प्रोफेसनल र १८एमेच्योर गल्फरहरूले प्रतिस्पर्धा गरिरहेका छन। प्रतियोगिताको कुल पुरस्कार ८ लाख ८२ हजार रहेको छ। विजेताले १ लाख ५० हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख र ७२ हजार प्राप्त गर्नेछन। शीर्ष २१ मा पर्नेगल्फरहरूले पनि नगद हात पार्नेछन्।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित र सूर्यनेपाल प्रा।लि। द्वारा प्रायोजित प्रतियोगितामा ३६ होलकोसमाप्तीमा कट लागु हुनेछ। शनिबार प्रो-एम प्रतियोगिताहुनेछ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ८ : ३३ बजे

थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा

पर्यटकको रोजाइमा अन्नपूर्ण-धौलागिरि पदमार्ग

म्याग्दी । म्याग्दी, कास्की र पर्वत जोड्ने नयाँ वैकल्पिक पदमार्ग

व्यवसायीद्वारा कर्णाली सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण

कर्णाली । संस्कृति, सभ्यता र प्राकृतिक सम्पदामा धनी तथा प्रचुर

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय

पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दो‍स्रो संस्करणको पहिलो क्वालिफायरमा