१ चैत्र २०८२, आइतबार | March 16, 2026

नेपाल मुद्रण उद्योग महासंघको ११ औं वार्षिक साधारणसभा शनिबार रुपन्देहीमा हुने



बुटवल । नेपाल मुद्रण उद्योग महासंघको वार्षिक साधारणसभा रुपन्देहीमा हुने भएको छ । महासंघको ११ औं वार्षिक साधारणसभा १२ गते शनिबार रुपन्देहीको तिलोत्तमा हुन लागेको हो ।

साधारणसभाको पूर्व सन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मुद्रण क्षेत्रलाई सबलीकरण गर्न छापाखाना सम्बन्धी ऐन बनाउन नेपाल मुद्रण उद्योग महासंघले सरकारसँग माग गरेको छ । ऐन नहुँदा मुद्रण क्षेत्र संकटतर्फ धकेलिएको भन्दै महासंघले ऐन निर्माणको माग गरेको छ । दशौं अर्ब लगानी भएको क्षेत्रलाई भन्सार नीतिमा सुधार गर्दै जिटुजी पनि खारेजीको माग गरे ।

महासंघका अध्यक्ष विष्णु तिवारीले सूचना प्रविधिको विकासले मुद्रण क्षेत्र संकटतर्फ धकेलिएको भन्दै सेक्युरिटी प्रिन्टिङ सम्बन्धी काम सरकारी निकायबाट गरेपनि अन्य छपाईको कार्य निजी क्षेत्रलाई खुल्ला प्रतिष्पर्धाबाट गराइनुपर्ने बताए । उनले भने, ‘सरकारी क्षेत्रका पाठ्यपुस्तक पनि खुल्ला प्रतिष्पर्धाका आधारमा निजी क्षेत्रलाई छाप्न दिनुपर्छ, मुद्रण शिक्षा सम्बन्धी पाठ्यक्रम तयार गरी अध्यापन गराइनुपर्छ र सार्वजनिक खरिद ऐन संशोधन गर्न आवश्यक छ ।’

महासंघका पूर्व अध्यक्ष माधव केसीले भन्सारमा व्यापक सुधार गर्न आवश्यक रहेको बताए । हाल पाठ्यपुस्तक छपाई पनि राज्य आफैँले सञ्चालन गरेको जनक शिक्षा सामग्री केन्द्रले छाप्ने भनेर निजी क्षेत्रलाई सीमित पाठ्यपुस्तक मात्र छपाई गर्न अनुमति दिएको केसीले बताए ।

निवर्तमान अध्यक्ष खुमकान्त रेग्मीले मुद्रण पेशमा साना मझौला र ठूला गरी ४ हजार भन्दा बढी उद्योगी व्यवसायीहरु आवद्ध रहेको बताए । यस क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष गरी १ लाख बढीले रोजगार सृजना गरेको रेग्मीको भनाइ छ । ८५ अर्ब लगानी रहेको यो क्षेत्रमा लुम्बिनी प्रदेशमा मात्रै ३ अर्ब लगानी छ । २०६४ देखि पाठ्यपुस्तक छपाई गर्न अनुमति दिए पश्चात पाठ्यपुस्तक क्षेत्रमा मात्रै झण्डै १२ अर्ब लगानी थप भएको छ ।

वर्तमान आर्थिक अवस्थाको चरम आर्थिक मन्दी थप लगानीको अनिश्चितता, बजारको खस्किदो अवस्था, दक्ष जनशक्तिको अभाव बढ्दो लागतले मूल्यका कारण यो व्यवसाय कठिन अवस्थामा पुगेको केसीको भनाइ छ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ७ : ५९ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन