१६ चैत्र २०८२, सोमबार | March 31, 2026

रवि लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा, आइतबार आदेश आउन सक्ने



भैरहवा । रूपन्देही जिल्ला अदालतमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक हेर्दा हेर्दैमा राखिएको छ । बुधबारबाट जारी बहस नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दा हेर्दैमा राखिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।

शुक्रबारको बहसमा जाहेरीवालाका तर्फबाट २ जना र प्रतिवादी लामिछानेको तर्फबाट २ जना वकिलले बहस गरेका छन् । बहस जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा जारी छ ।

रूपन्देही जिल्ला अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले शुक्रबार ४ जनाले मात्र बहस गरेको र बहस नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा राखेर प्रतिवादीलाई परिवारको जिम्मा लगाउने आदेश भएको बताए ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार दिनभर बयान भएको थियो भने बिहीबारबाट थुनछेक बहस भइरहेको छ ।

पहिलो दिन सरकारी वकिलका तर्फबाट जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए भने उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गरेका थिए ।

यस्तै, जाहेरकर्ताका तर्फबाट वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी, सुरेन्द्रराज भण्डारीसहित चारजनाले बहस गरेका थिए । शुक्रबार चिया समयपछि मात्रै लामिछानेका तर्फका कानुन व्यवसायीको बहस सुरु भएको थियो ।

वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र सुरेन्द्र थापाको मात्रै बहस सकिएको छ । वरिष्ठ अधिवक्ता रमन श्रेष्ठसहित अधिवक्ता डा. नारायण कँडेल, राजेन्द्र सेढाई, सुरज बस्नेतले अब आइतबार बहस गर्नेछन् ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ५ : ४० बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित