३ श्रावण २०८३, आइतबार | July 19, 2026

रवि लामिछानेलाई आज भैरहवा ल्याइँदै



बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज भैरहवा ल्याइने भएको छ । शुक्रबार साँझ पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा राखिएका रविलाई आज भैरहवा ल्याइने भएको हो । विमानमार्फत भैरहवा ल्याइने प्रहरी स्रोतले जनाएको छ ।

सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा रविलाई शुक्रबार उनको निवास बूढानीलकण्ठबाट पक्राउ गरिएको थियो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा पठाउने आदेश दिएसँगै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई शुक्रबार थुनामा पठाउने आदेश गरेको थियो ।

उक्त मुद्दामा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा हुने आदेश गरेको थियो । उच्च अदालतले उक्त मुद्दा बदर गर्दै रविलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ८ : ०२ बजे

सांसद खुस्बु ओलीलाई फेसबुकबाट धम्की दिएको आरोपमा बुटवलका व्यवसायीसहित दुई पक्राउ

काठमाडौं । बुटवल घर भई नारायणगढमा व्यवसाय सञ्चालन गर्दै आएका

जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिने

काठमाडौं । सरकारले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई

तापक्रम वृद्धिसँगै आँखा अस्पतालमा बिरामी बढे

जनकपुरधाम । तापक्रम वृद्धिभएसँगै जनकपुरस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या

आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य

एमबाप्पे बने विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता, २२ गोलको नयाँ कीर्तिमान

काठमाडौं । फ्रान्सका कप्तान किलियन एमबाप्पेले विश्वकप इतिहासमा सर्वाधिक २२