९ पुस २०८२, बुधबार | December 25, 2025

गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन दिनेछैनौँ : अध्यक्ष प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादतिरको यात्रामा अव ढिलाइ गर्न नहुने बताएका छन् ।

माओवादी केन्द्र दाङको तेस्रो घोराही नगर सम्मेलन उद्घाटन तथा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्ध चलिरहेकै बेला आफूहरूले यो गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन दिनेछैनौँ भनेर विश्वलाई नै भनेको चर्चा गर्दै उनले समाजवादको यात्रामा अब ढिला गर्न नहुने बताएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन दिन नहुने बताए ।

अध्यक्ष प्रचण्डले अहिले भूमाफिया, दलाल, बिचौलियाहरू र जालीझेलीहरूका विरुद्ध माओवादी आमनेसामनेको स्थितिमा रहेको उल्लेख गर्दै शान्तिपूर्ण संघर्षको माध्यमबाट तिनलाई परास्त गर्दै जनतालाई साच्चै अधिकारसम्पन्न बनाउनेतर्फ अग्रसर हुनुपर्ने औंल्याए ।

‘हामीले यो गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन दिने छैनौँ भनेर विश्वसमुदायलाई अपिल गर्दै युद्धको मैदानबाटै समाजवादतिरको यात्रा आरम्भ गरेको संकल्प लिएका थियौँ,’ उनले भने, ‘ती दिनलाई स्मरण गर्न र संकल्पअनुसार अघि बढ्न म विशेष रूपले अपिल गर्न चाहन्छु ।’

दलाल नोकरशाही पुँजीपति र माओवादीको लडाँई आम्ने सम्नेमा पुगेको जिकिर गर्दै अध्यक्ष प्रचण्डले उनीहरु विरुद्धको संघर्ष भने शान्तिपूर्ण हुने स्पष्ट पारे । ‘फेरि शसस्त्र युद्ध लड्न आवश्यक देखिएको छैन,’ उनले भने, ‘निशस्त्र नै भूमाफिया र सामन्तहरु बिरुद्धको संघर्ष शसस्त्र हुने छ ।’

उनले माओवादीले आफुहरुलाई जनयुद्धको आधार तयार गरिदिने वर्गसँगको सम्बन्ध कमजोर भएको आत्मसमिक्षा गरिएको चर्चा गर्दै माओवादी पुनः जनतामा फर्कने प्रतिबद्धताका साथ जनतामा आएको बताए । उनले माओवादी आन्दोलनलाई एकताबद्ध गराउने अभियान सुरु भइसकेको बताउँदै छरिएर रहेका माओवादी शक्तिहरुलाई एकजुट हुन अविल गरे ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ४ : ४७ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना