५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

समाजवादको सङ्कल्प बोकेर पार्टी चुनावमा होमिएको छ, जनताको साथ चाहियो : संयोजक प्रचण्ड



रोल्पा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी नेपाल निर्माण गर्ने सङ्कल्प बोकेर आफ्नो पार्टी चुनावमा होमिएको बताएका छन् ।

रोल्पाको लिवाङमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न पार्टी चुनावमा होमिएकाले जनतालाई साथ दिन अपिल गरे ।

“समाजवादी नेपाल निर्माण गर्ने सङ्कल्पका साथ एकचोटि फेरि हामी मैदानमा उत्रिएका छौँ । आमनेपालीले एकपटक मत दिएर हामीलाई विजयी गराउनुहुनेछ भन्ने विश्वास छ”, संयोजक प्रचण्डले भने,“विगतमा आफ्नो नेतृत्वको सरकारले सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणमा थालेको अभियानलाई निष्कर्षमा पुर्याउन पनि नेकपालाई विजयी गराउन आवश्यक छ ।”

हाल देखिएको राजनीतिक सङ्कटबाट मुलुक र जनतालाई मुक्त गर्ने शक्ति नेकपा मात्रै भएको जिकिर उनले राष्ट्रिय एकतालाई मबजुद पार्दै समृद्धिको यात्रामा अघि बढ्न अपरिहार्यता भएको बताए ।

नेकपाका नेता एवं रोल्पा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार वर्षमान पुनले आगामी निर्वाचनपछि आफ्नो पार्टी मुलुकको निर्णायक शक्ति बन्ने र जनअपेक्षा पूरा गर्ने बताए । मुलुकलाईं नेतृत्व दिन सक्ने नेता र एजेन्डा नेकपासँग मात्रै भएको दाबी गर्दै उनले राष्ट्रियताको रक्षा र समृद्धिको ढोका आफूहरूले मात्रै खोल्न सक्ने बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  १० : ३७ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही