१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

समाजवादको सङ्कल्प बोकेर पार्टी चुनावमा होमिएको छ, जनताको साथ चाहियो : संयोजक प्रचण्ड



रोल्पा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी नेपाल निर्माण गर्ने सङ्कल्प बोकेर आफ्नो पार्टी चुनावमा होमिएको बताएका छन् ।

रोल्पाको लिवाङमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न पार्टी चुनावमा होमिएकाले जनतालाई साथ दिन अपिल गरे ।

“समाजवादी नेपाल निर्माण गर्ने सङ्कल्पका साथ एकचोटि फेरि हामी मैदानमा उत्रिएका छौँ । आमनेपालीले एकपटक मत दिएर हामीलाई विजयी गराउनुहुनेछ भन्ने विश्वास छ”, संयोजक प्रचण्डले भने,“विगतमा आफ्नो नेतृत्वको सरकारले सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणमा थालेको अभियानलाई निष्कर्षमा पुर्याउन पनि नेकपालाई विजयी गराउन आवश्यक छ ।”

हाल देखिएको राजनीतिक सङ्कटबाट मुलुक र जनतालाई मुक्त गर्ने शक्ति नेकपा मात्रै भएको जिकिर उनले राष्ट्रिय एकतालाई मबजुद पार्दै समृद्धिको यात्रामा अघि बढ्न अपरिहार्यता भएको बताए ।

नेकपाका नेता एवं रोल्पा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार वर्षमान पुनले आगामी निर्वाचनपछि आफ्नो पार्टी मुलुकको निर्णायक शक्ति बन्ने र जनअपेक्षा पूरा गर्ने बताए । मुलुकलाईं नेतृत्व दिन सक्ने नेता र एजेन्डा नेकपासँग मात्रै भएको दाबी गर्दै उनले राष्ट्रियताको रक्षा र समृद्धिको ढोका आफूहरूले मात्रै खोल्न सक्ने बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  १० : ३७ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित