२२ माघ २०८२, बिहिबार | February 5, 2026

मातृभाषा शिक्षक तयार गर्दै व्यास नगरपालिका



तनहुँ । गण्डकी प्रदेश सरकारले स्थानीय भाषा संरक्षण गर्न कामकाजका भाषामा समावेश गर्ने नीति लिएको छ । यसका लागि तनहुँको व्यास नगरपालिकाले सामुदायिक विद्यालयमा मगर भाषा कक्षा सञ्चालन गर्ने उद्देश्यले प्रशिक्षक उत्पादन गर्न प्रशिक्षण थालेको छ ।

प्रदेश सरकारले मगर र गुरुङ भाषालाई कामकाजको भाषा बनाउने नीति लिएसँगै नगरपालिकाले मगर भाषाको संरक्षणको निम्ति प्रशिक्षक उत्पादनमा जुटेको हो । नगरपालिकाले मगर विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा अतिरिक्त कक्षाको रूपमा मगर भाषामा पठनपाठन गर्ने तयारी गरेको छ । मगर भाषाको पाठ्यक्रम कार्यान्वयनमा ल्याउन नगरपालिकाको सहयोगमा शिक्षकलाई प्रशिक्षण दिइरहेको छ ।

नेपाल मगर सङ्घ व्यास नगर समितिको आयोजनामा र व्यास नगरपालिकाको सहयोगमा शनिबारदेखि पाँच दिने मातृभाषा प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण सञ्चालन गरेको छ । तालिम लिएपछि मातृभाषा शिक्षकले विद्यालयमा मगर भाषाको पाठ्यक्रमअनुसारको पठनपाठन गराउने छन् । पठनपाठनमा सहज बनाउन मगर भाषामा कक्षा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले विभिन्न समुदायको पहिचानसँग जोडिएका भाषा, साहित्य, कला, संस्कार र संस्कृति संरक्षणलाई प्राथमिकतामा राखिएको बताए । नगरवासीको भाषा, कला, संस्कार, संस्कृति, साहित्य, पर्यटन तथा पुरातात्विक क्षेत्रको संरक्षण गर्ने उद्देश्य प्रज्ञा प्रतिष्ठान गठनको बताउँदै उनले मगर भाषाको संरक्षण तथा प्रवद्र्धनका प्रशिक्षण दिइएको बताए ।

उनले भने, “मातृभाषाको पठनपाठनका लागि उत्कृष्ट प्रशिक्षक उत्पादन गर्न नगरपालिकाले रु दुई लाख विनियोजन गरेको छ, सोहीअनुरुप नै अहिले तालिम सञ्चालन पनि भइरहेको छ, प्रशिक्षक तयार भएपछि नगरपालिकाभित्रका मगर समुदायको बाहुल्यता रहेका विद्यालयमा कक्षा सञ्चालन गर्ने तयारी गर्छौं ।”

भाषाको संरक्षणका साथै सिकाइ प्रभावकारी बनाउन मातृभाषा कक्षाले सहयोग पुग्ने उनको भनाइ छ । गण्डकी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रूपमा मगर र गुरुङ भाषालाई प्रयोगमा ल्याउन नीति लिएसँगै यस्ता तालिमले मद्दत पुग्ने नगर प्रमुख न्यौपानेको विश्वास छ ।

भाषालाई पुस्तान्तरणका लागि सहयोग पु¥याउने उद्देश्यले प्रशिक्षकलाई तालिम प्रदान गरिएको नेपाल मगर सङ्घ व्यास नगर समितिका अध्यक्ष रिमा आलेमगरले बताइन । समितिका अनुसार यमबहादुर आले, इन्द्रबहादुर आले, नन्दु थापा, अमर थापा, यमलाल थापा, तिलबहादुर थापा, अनुराग थापा मगरले मगर भाषा पाठ्यक्रमको प्रशिक्षण दिइरहेका छन । सामुदायिक विद्यालयका मगर शिक्षकलाई मगर भाषा अक्खलिपी प्रशिक्षक प्रशिक्षण दिइनेछ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ८ : १५ बजे

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

महोत्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ ।

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको

उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

उदयपुर । जता हे¥यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु

राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको बुटवलमा भेला

बुटवल । राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको चौथो भेला बुटवलमा