७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

चेपाङ सहिद परिवार सम्मानित



चितवन । नेपाल चेपाङ सङ्घ केन्द्रिय समितिले इच्छाकामना गाउँपालिका–२ हपनीका सहिद सन्तबहादुर चेपाङ र दशरथ चेपाङका परिवारलाई आज सम्मान गरेको छ ।

हपनीस्थित सहिद दशरथ चेपाङको जेठो छोरा किष्टबहादुर चेपाङ र माइलो छोरा सुक्रबहादुर चेपाङ तथा अर्का सहिद सन्तबहादुर चेपाङका छोरा अकिल चेपाङलाई आज सहिद दिवसका अवसरमा एक कार्यक्रमकाबीच दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको सङ्घका केन्द्रिय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए ।

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवाल, गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ, वडाध्यक्ष पञ्चबहादुर चेपाङलगायत चेपाङ समुदायका अगुवाहरुको उपस्थितिमा सम्मान गरिएको हो । राजपत्रमा उल्लेख भएअनुसार सन्तबहादुर र दशरथले विसं २०३४ असार ७ गते सहादत प्राप्त गरेका हुन् ।

पञ्चायतविरुद्ध चितवनको जुगेडीमा भएको सङ्घर्षमा सामेल हुँदा उनीहरु सहिद भएका थिए । उनीहरुलाई सहिद घोषणा गर्ने निर्णय सरकारले २०६५ सालको पुस ९ गते गरेको थियो । सहिद घोषणा गरेपनि उनीहरुको परिवारको शिक्षा स्वास्थ्यलगायत पालनपोषणमा राज्यले कुनै सहयोग नगरेको गुनासो छ ।

चेपाङ सहिदको सम्मानका लागि फिस्लिङ– शक्तिखोर सडकलाई चेपाङ सहिदमार्ग राख्नुपर्ने चेपाङ सङ्घको माग रहेको छ । सो अवसरमा बागमती प्रदेशसका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले सहिदको परिवारका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए । साथै गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ९ : ४२ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का