१ चैत्र २०८२, आइतबार | March 16, 2026

आजबाट नेपालगन्जमा पहिलो क्रियापुत्री भवन सञ्चालनमा



नेपालगन्ज । नेपालगन्जमा नागरिकस्तरबाट रु एक करोड बढीको लागतमा क्रियापुत्री भवन निर्माण गरिएको छ । बढ्दो सहरीकरणका कारण घरघरमा काजक्रिया कर्म गर्न असहज हुँदै गएपछि नेपालगन्ज उपमहानगरपालिका–४ स्थित शिव पार्वती मन्दिर अगाडि किरियापुत्री भवन निर्माण गरिएको हो ।

करिब तीन कठ्ठा जग्गाभित्र रु एक करोड १६ लाख ६७ हजार ८८० लागतमा साढे दुई तले सुविधा सम्पन्न क्रियापुत्री भवन निर्माण गरिएको निर्माण समितिका संयोजक सेमराज शाक्यले जानकारी दिए । उनका अनुसार साढे दुई तले उक्त भवनमा पुरुष र महिला क्रियापुत्री अलग अलग बस्ने कुरुवा कोठा र प्रशासनिक प्रयोगका लागि व्यस्था मिलाइएको छ । शहरी क्षेत्रमा डेरामा बस्ने मानिसलाई क्रियाकर्मको संस्कारका काम गर्न अब सहज हुनेछ ।

“हिन्दू धर्ममा जन्म र मृत्यु संस्कार निकै महत्वपूर्ण मानिन्छ, यसै कुराको दृष्टिगत गर्दै नेपालगन्जको बसपार्क नजिक क्रियापुत्री घर निर्माण गरेका छौँ”, संयोजक शाक्यले भने, “नागरिकस्तरबाट पहल र सहयोगबाट क्रियापुत्री भवन निर्माण गर्न सफल भएका छौँ ।”

नागरिकस्तरमा पहल लिएर निर्माण गरिएको अत्याधुनिक सुविधासहितको क्रियापुत्री भवनको आज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्घाटन गरे । सो अवसरमा उनले किरियापुत्री भवनले दुःखद कार्यमा परेका नगरवासीलाई सहजता प्राप्त हुने विश्वास व्यक्त गरे । उनले नेपालगन्जमा टड्कारो रूपमा क्रियापुत्री भवनको आवश्यकता महसुस हुँदै आएकामा सबैको साझा प्रयास र सहभागिताबाट भवन बन्नु सराहनीय कार्य भएको बताए ।

विभिन्न क्षेत्रमा आबद्ध अगुवा समाजसेवीको पहलमा शिव पार्वती मन्दिरको जग्गामा विभिन्न दाता तथा सरकारी स्रोतको साझेदारीमा क्रियापुत्री घर निर्माण गरिएकोे निर्माण समितिका सचिव वसन्त लामिछानेले जानकारी दिए । नेपालगञ्ज–६ फुल्टेक्रा निवासी माधवी शाहले रु १० लाख प्रदान गरी पहिलो संकल्पकर्ता बनेर नागरिकस्तरबाट क्रियापुत्री घर निर्माणको पहल थालेपछि सबै क्षेत्रबाट सहयोग प्रदान हुँदै आएको उनको भनाइ छ ।

नागरिकस्तरबाट निर्माण सम्पन्न भएको क्रियापुत्री भवनका लागि हालसम्म उपमहानगरपालिकाबाट रु पाँच लाख मात्रै सहयोग प्राप्त भएको निर्माण समिति कोषाध्यक्ष अनिता शाहले जानकारी दिइन् ।

कार्यक्रममा संकल्पकर्ता सहित निर्माण समितिका पदाधिकारी एवं सदस्यहरु र दाताहरुलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ७ : ३२ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन