१५ चैत्र २०८२, आइतबार | March 29, 2026

‘जनताको अवस्थामा परिवर्तन अझै आएको छैन’



चितवन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको अवस्थामा अझै परिवर्तन नभएको बताएका छन् ।

आज धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित चरौँदीमा आयोजित श्रीमद् भागवत ज्ञान महाज्ञको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ठूलो त्याग र बलिदानबाट राजनीतिक परिवर्तन भए पनि अझै जनताको अवस्थामा परिवर्तन हुन नसकेको बताएका हुन् ।

अध्यक्ष दाहालले भने, “नेपाली जनताले बारम्बारको त्याग र बलिदान गरेर राजनीतिक परिवर्तन गरेका छन्, तर जनताको अवस्थामा अझै परिवर्तन हुन सकिरहेको छैन ।” ठूलो त्यागबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक २०७२ को नयाँ संविधान र त्यस संविधानमा विभिन्न उत्पीडित जातजाती, उत्पीडित वर्ग, लिङ्ग, क्षेत्र र समुदायका जनताको मौलिक हक अधिकार शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खानेपानी लगायतका सवालमा प्रष्ट व्यवस्था भए अझै खासै उपभोग गर्न नपाउँदा जनतामा निराशा बढिरहेको उनको भनाइ छ ।

जनताको सम्पूर्ण मौलिक हकअधिकार उपभोग गर्नका लागि सहज वातावरण बनाउन आवश्यक ऐन कानुन बन्न नसकेको उनले बताए । आफू ऐन निर्माण गर्ने ठाउँको नेतृत्वमा रहेर कैयौँ व्यावहारिक कानुनी जटिलताका कारण सोचे जस्तो काम हुन नसकेको उनले बताए । शुक्रबारदेखि सुरु हुने हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन, निजामती ऐन, प्रहरी समायोजन ऐनलगायत महत्वपूर्ण दर्जनौँ ऐन पारित हुने विश्वास व्यक्त गरे ।

साथै अध्यक्ष दाहालले शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताए । स्थानीय तहको नेतृत्वमा अभिभावकको प्रत्यक्ष रेखदेख र सक्रिय सहभागिता नपुगेसम्म शिक्षाको विकास नहुने उनको भनाइ छ । उनले बेनीघाट रोराङ गाउँपालिकाले शिक्षाका लागि सञ्चालन गरेको अभियान सराहनीय भएको र यस अभियानमा धादिङ जिल्लासहित छिमेकी जिल्लाबाट साथ सहयोग हुने विश्वास व्यक्त गरे ।

गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाले सीमान्तकृत, दलित आर्थिक विपन्नताका कारण विद्यालय जान नसक्ने बालबालिकाहरुको शिक्षाका लागि गाउँपालिकाले आवासीय विद्यालय सञ्चालन गरिरहेको बताउनुभयो । ती बालबालिकाको शिक्षाका लागि कोष खडा गर्न लागि ‘शिक्षाका लागि भिक्षा अभियान’ सञ्चालन गरिएको उहाँको भनाइ थियो । सोही अभियानअन्तर्गत आजदेखि माघ २३ गतेसम्म महायज्ञ सञ्चालन गरिएको छ । महायत्रमा राधिका दासीले कथा वाचन गर्नेछिन् ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ९ : २१ बजे

ओलीको रिहाइको माग गर्दै ओली पत्नी राधिका शाक्यले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक