१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

‘जनताको अवस्थामा परिवर्तन अझै आएको छैन’



चितवन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको अवस्थामा अझै परिवर्तन नभएको बताएका छन् ।

आज धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित चरौँदीमा आयोजित श्रीमद् भागवत ज्ञान महाज्ञको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ठूलो त्याग र बलिदानबाट राजनीतिक परिवर्तन भए पनि अझै जनताको अवस्थामा परिवर्तन हुन नसकेको बताएका हुन् ।

अध्यक्ष दाहालले भने, “नेपाली जनताले बारम्बारको त्याग र बलिदान गरेर राजनीतिक परिवर्तन गरेका छन्, तर जनताको अवस्थामा अझै परिवर्तन हुन सकिरहेको छैन ।” ठूलो त्यागबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक २०७२ को नयाँ संविधान र त्यस संविधानमा विभिन्न उत्पीडित जातजाती, उत्पीडित वर्ग, लिङ्ग, क्षेत्र र समुदायका जनताको मौलिक हक अधिकार शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खानेपानी लगायतका सवालमा प्रष्ट व्यवस्था भए अझै खासै उपभोग गर्न नपाउँदा जनतामा निराशा बढिरहेको उनको भनाइ छ ।

जनताको सम्पूर्ण मौलिक हकअधिकार उपभोग गर्नका लागि सहज वातावरण बनाउन आवश्यक ऐन कानुन बन्न नसकेको उनले बताए । आफू ऐन निर्माण गर्ने ठाउँको नेतृत्वमा रहेर कैयौँ व्यावहारिक कानुनी जटिलताका कारण सोचे जस्तो काम हुन नसकेको उनले बताए । शुक्रबारदेखि सुरु हुने हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन, निजामती ऐन, प्रहरी समायोजन ऐनलगायत महत्वपूर्ण दर्जनौँ ऐन पारित हुने विश्वास व्यक्त गरे ।

साथै अध्यक्ष दाहालले शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताए । स्थानीय तहको नेतृत्वमा अभिभावकको प्रत्यक्ष रेखदेख र सक्रिय सहभागिता नपुगेसम्म शिक्षाको विकास नहुने उनको भनाइ छ । उनले बेनीघाट रोराङ गाउँपालिकाले शिक्षाका लागि सञ्चालन गरेको अभियान सराहनीय भएको र यस अभियानमा धादिङ जिल्लासहित छिमेकी जिल्लाबाट साथ सहयोग हुने विश्वास व्यक्त गरे ।

गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाले सीमान्तकृत, दलित आर्थिक विपन्नताका कारण विद्यालय जान नसक्ने बालबालिकाहरुको शिक्षाका लागि गाउँपालिकाले आवासीय विद्यालय सञ्चालन गरिरहेको बताउनुभयो । ती बालबालिकाको शिक्षाका लागि कोष खडा गर्न लागि ‘शिक्षाका लागि भिक्षा अभियान’ सञ्चालन गरिएको उहाँको भनाइ थियो । सोही अभियानअन्तर्गत आजदेखि माघ २३ गतेसम्म महायज्ञ सञ्चालन गरिएको छ । महायत्रमा राधिका दासीले कथा वाचन गर्नेछिन् ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ९ : २१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले