२२ मंसिर २०८२, सोमबार | December 8, 2025

बुटवलमा भोली ‘ट्रास रेस’ (फोहोर उठाउने) प्रतियोगिता हुने



बुटवल । ‘सफा सहर, हाम्रो रहर’ नारासहित बुटवलमा भोली (माघ १९ गते) ‘ट्रास रेस’ (फोहोर उठाउने दौड) प्रतियोगिता हुने भएको छ । युवाहरूमा नगर सफाइको जागरणका लागि भोली (माघ १९ गते) बृहत् ट्रास रेस फोहोर उठाउने दौड प्रतियोगिता गरिने भएको हो । बुटवल उपमहानगरपालिकाको सहकार्य र ग्रास इन्टरनेशनलको प्रायोजनमा क्लोथ एण्ड फुड बैंकले यो प्रतियोगिता सञ्चालन गर्ने गर्न लागेको हो ।

युवाहरुलाई सफाई अभियानमा प्रेरित गर्न र मनोरञ्जनमार्फत जागरूकता फैलाउन प्रतियोगिता आयोजना गरिएको क्लोथ एण्ड फुड बैङ्क बुटवलका कमल जिसीले जानकारी दिए । काठमाडौंमा सफाई अभियान सञ्चालन गर्दा भएको अनुभवलाई बुटवलमा लागू गर्दै नयाँ अवधारणाको थालनी गरिएको उनको भनाइ छ ।

प्रतियोगिता लाइम एण्ड लेमल र रिफ्रेस रेष्टुरेन्टबाट सुरु भई कालिका पथ, ट्राफिक चोक, भुड्की चोक, भाटभटेनी, राजमार्ग चौराहा हुँदै पुनः क्लब डेनेभोमा समाप्त हुने कार्यक्रम संयोजक लक्ष्मण श्रेष्ठ जानकारी दिए ।

६ किलोमिटरको दूरी पार गर्न एक घण्टाको समय तोकिएको छ । उनका अनुसार सहभागी दुई जनाको समूहमा रहनेछन् । एकले प्लास्टिकजन्य फोहोर उठाउने र अर्काले झोलामा राख्नेछन् ।

यस क्षेत्रका सुरक्षा निकाय, कलेज, विद्यालय लगायतमा समन्वय गरिएको कार्यक्रममा ८५० जना दर्ता भइसकेको संयोजक लक्ष्मण श्रेष्ठ जानकारी दिए । प्रतियोगितामा करिब एक हजार जना सहभागी हुने अपेक्षा रहेको उनले बताए । १६ वर्ष उमेर माथिका युवाहरू सहभागी हुन पाउने व्यवस्था रहेको उनले बताए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार, द्वितीयले ३० हजार र तृतीयले नगद १५ हजार रुपैयाँ र प्रमाणपत्र पाउने छन् ।

यस प्रतियोगिताले सफाईप्रति युवाहरुलाई जिम्मेवार बनाउनका साथै वातावरण जोगाउनका लागि समुदायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ८ : २० बजे

हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

बागमती । हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन

एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने कानुनी व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वमा दीर्घकालीन

तन्त्रमन्त्र गरि दुःख दिएको भन्दै चालकको हत्या, आरोपित ७ जना पक्राउ

धरान । सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाया, चार हजार बढी चौपाया सडकमै

लुम्बिनी । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२

गोवा नाइट क्लब आगलागीमा मृत्यु हुने २५ जनामा चार नेपाली

काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण