२१ असार २०८३, आइतबार | July 5, 2026

बुटवलमा भोली ‘ट्रास रेस’ (फोहोर उठाउने) प्रतियोगिता हुने



बुटवल । ‘सफा सहर, हाम्रो रहर’ नारासहित बुटवलमा भोली (माघ १९ गते) ‘ट्रास रेस’ (फोहोर उठाउने दौड) प्रतियोगिता हुने भएको छ । युवाहरूमा नगर सफाइको जागरणका लागि भोली (माघ १९ गते) बृहत् ट्रास रेस फोहोर उठाउने दौड प्रतियोगिता गरिने भएको हो । बुटवल उपमहानगरपालिकाको सहकार्य र ग्रास इन्टरनेशनलको प्रायोजनमा क्लोथ एण्ड फुड बैंकले यो प्रतियोगिता सञ्चालन गर्ने गर्न लागेको हो ।

युवाहरुलाई सफाई अभियानमा प्रेरित गर्न र मनोरञ्जनमार्फत जागरूकता फैलाउन प्रतियोगिता आयोजना गरिएको क्लोथ एण्ड फुड बैङ्क बुटवलका कमल जिसीले जानकारी दिए । काठमाडौंमा सफाई अभियान सञ्चालन गर्दा भएको अनुभवलाई बुटवलमा लागू गर्दै नयाँ अवधारणाको थालनी गरिएको उनको भनाइ छ ।

प्रतियोगिता लाइम एण्ड लेमल र रिफ्रेस रेष्टुरेन्टबाट सुरु भई कालिका पथ, ट्राफिक चोक, भुड्की चोक, भाटभटेनी, राजमार्ग चौराहा हुँदै पुनः क्लब डेनेभोमा समाप्त हुने कार्यक्रम संयोजक लक्ष्मण श्रेष्ठ जानकारी दिए ।

६ किलोमिटरको दूरी पार गर्न एक घण्टाको समय तोकिएको छ । उनका अनुसार सहभागी दुई जनाको समूहमा रहनेछन् । एकले प्लास्टिकजन्य फोहोर उठाउने र अर्काले झोलामा राख्नेछन् ।

यस क्षेत्रका सुरक्षा निकाय, कलेज, विद्यालय लगायतमा समन्वय गरिएको कार्यक्रममा ८५० जना दर्ता भइसकेको संयोजक लक्ष्मण श्रेष्ठ जानकारी दिए । प्रतियोगितामा करिब एक हजार जना सहभागी हुने अपेक्षा रहेको उनले बताए । १६ वर्ष उमेर माथिका युवाहरू सहभागी हुन पाउने व्यवस्था रहेको उनले बताए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार, द्वितीयले ३० हजार र तृतीयले नगद १५ हजार रुपैयाँ र प्रमाणपत्र पाउने छन् ।

यस प्रतियोगिताले सफाईप्रति युवाहरुलाई जिम्मेवार बनाउनका साथै वातावरण जोगाउनका लागि समुदायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ८ : २० बजे

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर

मालदह आँपको मूल्य बढ्यो, तर किसानले पाएनन् उचित मूल्य

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि

प्रचण्डको आरोप – सरकार संविधान र गणतन्त्र मास्न खोज्दैछ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल