१६ चैत्र २०८२, सोमबार | March 30, 2026

सांसद पदबाट निलम्बन फुकुवा माग गर्दै रविले दिए सभामुखलाई निवेदन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट गरेका छन् ।

संसद अधिवेशन सुरु हुनुअघि लामिछानेले सभामुखलाई भेट्न गरेका हुन् । भेटमा लामिछानेले आफ्नो सांसद पद निलम्बन प्रतिनिधिसभा नियमावली र सर्वोच्च अदालतको नजिर विपरित भएकोले फिर्ता लिन अनुरोध गरेका छन् । स्वर्णिम वाग्ले र सन्तोष परियारसहित सभामुखलाई भेटेका लामिछानेले आफू धरौटी बुझाएर थुनामुक्त भएको भन्दै निलम्बन फुकुवा गर्न माग सहित निवेदन दिएका छन् ।

सहकारीका रकम अपचलन तथा हिनामिना मुद्दा अदालतमा दर्ता भएपछि प्रहरी हिरासतमा रहेका बेला लामिछानेलाई सभामुखले जिल्ला सरकारी वकिल कार्यालयको पत्रको आधारमा निलम्बन गरेका थिए ।

रास्वापले लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधेर निलम्बन गरिएको रास्वपाको आरोप छ ।

सभामुखसँग भेटनु अघि लामिछानेले सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आफ्ना सांसदहरुसँग भेट गरेका थिए ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १२ : ३५ बजे

मलेखु-मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन

एन आई सी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष

बिहीबार सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ः००

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतलाई