१६ चैत्र २०८२, सोमबार | March 30, 2026

प्रशासनिक सुधार, सुशासन र लगानी अभिवृद्धिका लागि अध्यादेश : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा फाइल घुमाएर सेवाग्राहीका काम अड्काउने प्रवृत्ति रोक्नेलगायत सुधार, सुशासन र लगानी अभिवृद्धिका लागि संसद् नचलेको समयमा सरकारले विभिन्न अध्यादेश ल्याएको बताएका छन् ।

प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिवृद्धि गर्न ११, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवासम्बन्धी १२, भूमि तथा वनसम्बन्धी तीन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निजीकरण ऐन र सहकारी ऐनगरी २९ वटा ऐनमा अध्यादेशमार्फत संशोधन गरिएको जानकारी दिए ।

उनले कानुनमा तोकिएको अवधिबाहेक सबै काम सात दिनभित्र सक्नैपर्ने कानुनी व्यवस्था गरिएको रसूचना प्रविधिमा आधारित नेपाली कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने वातावरण बनाइएको बताए। “अब हाम्रा नेपाली कम्पनीलाई विदेशमा सहायक कम्पनी तथा शाखा खोल्न, कारोबार गर्न र विदेशमा भएको आम्दानी नेपाल भित्र्याउनसक्ने वातावरण बनाइएको छ”, प्रधानमन्त्री ओलीले भने ।

उनले उपभोक्ताहित संरक्षणसम्बन्धी बाझिएका कानुनमध्ये अप्रासाङ्गिक कानुन खारेज गरिएको र प्रतिस्पर्धाका माध्ययमबाट वस्तुको मूल्य निर्धारण हुने व्यवस्थागरी उद्यमी व्यवसायीलाई अनावश्यक रूपमा तर्साउने अवस्था हटाइएको र उपभोक्ताहित संरक्षणलाई अझै मजबुत बनाइएको जनाए ।

प्रधानमन्त्री ओलीले उद्योग दर्ताका लागि निवेदन दिएको १५ दिनभित्र सरकारी अधिकारीले निर्णय दिनुपर्ने र सो अवधिमा निर्णय नदिए स्वतः उद्योग सञ्चालनको मान्यता दिने व्यवस्था गरिएको, उद्यमीले कम्पनी खोल्न पाउने तर टाट पल्टिदासमेत बन्द गर्न अनावश्यक ‘झन्झट’मा फस्नुपर्ने अवस्था सदाका लागि अन्त्य गरिएको बताए ।

उनले सहकारी ठगीसम्बन्धी संसदीय समितिको प्रतिवेदनले औँल्याएअनुरुप बचतकर्ताको रकम सुरक्षा गर्न आवश्यक राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्नेलगायत तत्काल गर्नुपर्ने कामका लागि विद्यमान सहकारी ऐनमा संशोधन गरिएको पनि जानकारी दिए ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  २ : ३४ बजे

एन आई सी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष

बिहीबार सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ः००

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतलाई

खजुरामा ‘प्रथम खजुरा गोल्ड कप’ सञ्चालन हुँदै

खजुरा । खेलकुदको क्षेत्रमा मुलुकमै योगदान गरेको बाँकेको खजुरामा पहिलो

नागरिकसँग शिष्ट बोली, बचन एवं व्यवहार गर्न प्रहरीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका