बुटवल । बुटवलमा लखन कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा माघ २२ गतेदेखि लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको हो ।
शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको उनले बताए ।
क्लबका संरक्षक संयोजक राम बहादुर थापाले फुटबल खेलको हबका रुपमा रहेको रुपन्देहीमा नया फुटबल प्रतियोगिता आयोजना गर्न लागेको बताए । मैदान निर्माणमा धेरै मेहनत गर्नुपरेको उनले बताए । सिद्धेश्वर खेलमैदानलाई सम्याउन पटकपटक गरि काम थपिएको उनले बताए ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद १, ५१, ५१५ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ७५,७५७ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद १०, ५०० सहित अन्य चार जना उत्कृष्ट खेलाडीहरुलाई नगद ५,५५५ रुपैया, कपबाट पुरस्कृत गरिने उनले बताए । रुपन्देही, नवलपरासी गरि १६ टिमले भाग लिने प्रतियोगितामा १५ लाख खर्च हुने अनुमान रहेको उनले बताए ।
कार्यक्रममा सचिव निरन्जन पन्तले रुपन्देही, नवलपरासीसहित प्रतियोगितामा १६ टिमले भाग लिने बताए । धेरै लामो समयपछि आफुहरु प्रतियोगिता आयोजना गर्न लाग्दा समन्वयमा केही कठिनाई भएको उनले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख खर्च हुने अनुमान रहेको उनले बताए ।


















प्रतिक्रिया