६ बैशाख २०८३, आइतबार | April 19, 2026

प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ : सम्पूर्ण युवा क्लब विजयी



बुटवल । बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा सम्पूर्ण युवा क्लब सुपौली विजयी भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा मंगलबार भएको खेलमा फसार्टिकर युवा क्लब फर्साटिकरलाई १-० गोल अन्तरले पराजित गर्दै सम्पूर्ण युवा क्लब सुपौली अन्तिम आठमा स्थान बनाएको हो ।

सिद्घेश्वर खेल मैदानमा भएको पहिलो चरणको अन्तिम खेलमा शुरुवातबाट दुबै टिमका खेलाडीहरु आक्रमक खेल प्रस्तुत गरेका थियो । खेलको १७ औ मिनेटमा फर्साटिकरका टिकाराज गुरुङको उत्कृष्ट क्रसलाई वीर बहादुर थारुको हेड गरे तर बल बारभन्दा माथिबाट बाहिरियो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दुबै टिमबाट आधा दर्जन बढी प्रहारहरु भएका थिए । खेलको ५५ औ मिनेटमा सम्पुर्णका रोहन केसीले निर्णायक गोल गरे । फर्साटिकरबाट धेरै प्रयासहरु भएपनि गोल हुन सकेन । खेलमा सम्पुर्णका गोलिकिपर राजन राना म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको पहिलो क्वाटरफाईनल खेल बुधबार आयोजक सेतो र शिवनगर परिवार बिच हुने क्लबका सचिव निरन्जन पन्तले बताए । फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमले भाग लिएका छन । निशुल्क प्रवेशको ब्यवस्था रहेको मैदानमा प्रतियोगिता हेर्ने दर्शकहरु दिनदिनै बढदो रहेको उनले बताए ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ६ : ३६ बजे

निवर्तमान कार्यबाहक सभापति खड्कासंग सभापति गगन थापाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता

बुटवलको भुवनेश्वरी मन्दिरमा भोलिदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

बुटवल । बुटवल उपमहानगरपालिका-४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा

खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय