१ चैत्र २०८२, आइतबार | March 16, 2026

रोटरी क्लब अफ भैरहवा र सर्वेश्वर शिव मन्दिर नौडिहवाको आयोजनामा महायज्ञ हुने



बुटवल । रोटरी क्लब अफ भैरहवा र सर्वेश्वर शिव मन्दिर नौडिहवाको आयोजनामा यही माघ २२ गतेदेखि रुपन्देहीको ओमसतिया गाउँपालिका-३ मा श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ । भवन निर्माण, डाइलाइसिस सेन्टर सञ्चालन तथा क्लिनिक स्थापना गर्ने उद्देश्यसहित आर्थिक शंकलनका लागि महायज्ञ आयोजना गर्न लागिएको रोटरी क्लब अफ भैरहवाका अध्यक्ष तथा महायज्ञ संयोजक रामप्रसाद पन्थीले जानकारी दिए ।

कुनै पनि विपन्न तथा गरिव परिवारले आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यकासाथ स्वास्थ्य सेवाको अभियानका लागि महायज्ञ आयोजना गरिएको संयोजक पन्थीले जानकारी दिए । महायज्ञ बारे जानकारी गराउन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले रोटरी क्लबले पहिलो चरणमा कम्तिमा ५ वटा बेडसहितको डाइलाइसिस सेन्टर स्थापना गरी दैनिक २० जनालाई सेवा उपलब्ध गराउने उद्देश्य राखिएको उल्लेख गरे ।

महायज्ञबाट संकलित रकमबाट मन्दिरको क्षेत्र बिस्तार तथा भौतिक संरचना निर्माणमा समेत प्रयोग गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बहादुर बस्नेतले जानकारी दिए । महायज्ञमा २ करोड बढी रकम संलन गर्ने लक्ष्य राखिएको उनले बताए ।महायज्ञमा अच्युतकृष्ण अधिकारी मुख्य बाचकको रुपमा रहने छन् भने कमल नयन दास जी महाराजको विशेष उपस्थिती रहने र बाबा कालिदास जी महाराज पनि बाचकका रुपमा उपस्थित रहने मन्दिरका अध्यक्ष  बस्नेतले जानकारी दिए ।

महायज्ञको कलश यात्रासहित समुद्घाटन गरि हरेक दिन विहान ६ बजेदेखि ११.४५ बजेसम्म पूजापाठ, मध्याह्न देखि दिनभर कथा बाचन तथा हरेक दिन साँझमा नियमित माहात्म्य भजन आयोजना गरिने छ । माघ ३० गतेसम्म आयोजना हुने महायज्ञमा भक्तजनले ग्रह शान्ति, रुद्री पूजा, चौरासी पूजा, काल्प दोष शान्ति, तुलादान, व्रतबन्ध, शनिग्रह शान्ति तथा विशेष पितृ उद्धार महाआरतीका कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ६ : २० बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन