१६ चैत्र २०८२, सोमबार | March 30, 2026

प्रतिनिधिसभा बैठक : शोक प्रस्ताव पारित, अर्को बैठक माघ २४ गते

प्रतिनिधिसभामा छवटा अध्यादेश पेश



काठमाडौँ । प्रतिनिसभाको आजको बैठकले पूर्वसभामुख दमननाथ ढुङ्गाना, संविधानसभा सदस्य अब्दुल हमिद सिद्धिकी, पूर्वसांसदहरू प्रेमलाल सिंह (पिएल सिंह) र रामजीप्रसाद शर्माको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

पूर्वसभामुख ढुङ्गानाको गत मङ्सिर २ गते ८३ वर्षको उमेरमा निधन भएको थियो । त्यस्तै, संविधानसभा सदस्य सिद्धिकीको गत मङ्सिर ३ गते ६० वर्षको उमेरमा र पूर्वसांसद पिएल सिंहको गत पुस १ गते ८८ वर्षको उमेरमा निधन भएको थियो । यस्तै, संविधानसभा सदस्यसमेत रहेका शर्माको यही माघ ७ गते ६७ वर्षको उमेरमा निधन भएको थियो ।

सभाले शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

सभाले तीन जना सांसदको संसदीय समितिमा जिम्मेवारी थप तथा हेरफेर गरेको छ । सांसद रञ्जिता श्रेष्ठलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा जिम्मेवारी तोकिएको छ ।

सांसद कल्पना चौधरीलाई पूर्वाधार विकास समितिबाट अर्थ समिति र सांसद दुर्लभ थापालाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट अर्थ समितिमा जिम्मेवारी तोकिएको छ । प्रतिनिसभाको अर्को बैठक यही माघ २४ गते दिनको १ बजे बस्नेछ ।

प्रतिनिधिसभामा छवटा अध्यादेश पेश
प्रतिनिधिसभामा छ वटा अध्यादेश पेश भएका छन् । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गरे ।

सेवाग्राहीलाई छिटो, छरितो सेवा दिने र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि कतिपय ऐनका प्रावधान तत्काल संशोधन गर्नुपर्ने आवश्यक रहेकाले अध्यादेशमार्फत् ती व्यवस्थाहरू संशोधन गर्नुपरेको उनको भनाइ छ ।

त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ संसद्मा पेश गरे ।

आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण् मन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गरेका हुन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ६ : ४६ बजे

एन आई सी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष

बिहीबार सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ः००

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतलाई

खजुरामा ‘प्रथम खजुरा गोल्ड कप’ सञ्चालन हुँदै

खजुरा । खेलकुदको क्षेत्रमा मुलुकमै योगदान गरेको बाँकेको खजुरामा पहिलो

नागरिकसँग शिष्ट बोली, बचन एवं व्यवहार गर्न प्रहरीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका