८ चैत्र २०८२, आइतबार | March 22, 2026

पेट्रोलियम पदार्थको मूल्य बृद्धि



काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

ईण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको निगमले प्रकाशित गरेको बिज्ञप्तिमा जनाइएको छ ।

भारतवाट मूल्य बढेर आएपछि नेपालमा पेट्रोलमा प्रतिलिटर २ र डिजेल र मट्टितेलमा ४ रुपैयाँ बढाइएको जनाएको छ । साथै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिलिटर ४३ डलरका दरले बढेको छ भने पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।

यससँगै अब पेट्रोलको मूल्य पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ प्रतिलिटर भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ९ : ४५ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड