४ पुस २०८२, शुक्रबार | December 20, 2025

समाजवादी कम्युनिष्ट पार्टीको रुपन्देहीमा विशेष राष्ट्रिय सम्मेलन सम्पन्न



बुटवल । विप्लव नेतृत्वको नेकपाबाट विभाजित भएर नेकपा बहुमत र त्यसबाट पनि विभाजन भएर गठन भएको श्रमीक कम्युनिष्ट पार्टीको रुपन्देहीको देवदहमा सम्पन्न विशेष राष्ट्रिय सम्मेलनबाट पार्टीको नाम परिर्वतन सहित महासचिव केन्द्रीय सल्लाहकार कमिटी गठन गरिएको छ ।

रुपन्देहीमा सम्पन्न उक्त पार्टीको विशेष भेलाबाट समाजवादी कम्युनिष्ट पार्टी नेपाल नाम परिर्वतन गरिएको उक्त पार्टीका महासचिव पूर्ण बहादुर सिंहले जानकारी दिए । उनका अनुसार केन्द्रीय विशेष सम्मेलनबाट २५ बुँदे विशेष प्रस्तावना समेत पारित गरेको छ । पार्टीले बैज्ञानिक समाजवादको यात्रा तय गर्ने दिर्घकालिन उदेश्य सहितको योजना बनाएको महासचिव पूर्ण बहादुर सिंहले बताए ।

केन्द्रीय विशेष सम्म्मेलनबाट अन्तराष्ट्रिय तथा राष्ट्रिय सत्रु र मित्र पहिचान गर्ने, वैज्ञानिक समाजवादको कार्यदिशा पारित गर्ने, सम्मेलनबाट मानध्वज श्रेष्ठलाई सल्लाहकार समितिको अध्यक्षमा निर्वाचित गरेको छ । यस्तै पार्टीले ५५ सदस्यीय केन्द्रीय समिति, स्थायी कमिटि, राजनीतिक ब्युरो, पाँच सदस्य सल्लाहकार समिति, विज्ञ सल्लाहकार समिति सहित ७७ सदस्य केन्द्रीय सांगठनिक परिषद् निर्वाचित गरेको छ ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ६ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको