बुटवल । कक्षा २ देखि ७ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजित प्रदेश स्तरको कोडिङ तथा एनिमेसन प्रतियोगिता-२०८१ बुटवलमा भव्य रूपमा सम्पन्न भएको छ ।
डीजी स्कूल एनसीसी र क्यान्नन स्कूलले आयोजना गरेको यस चरणमा ६० विद्यार्थीले भौतिक रूपमा उपस्थित भई प्रतिस्पर्धा गरेका थिए ।
कोडिङ प्रतियोगिताको उद्घाटन टुना टेक्नोलोजीका प्रमुख राजीव गौतमले गरेका थिए । उनले यस प्रतियोगिताले बालबालिकाको तार्किक सोच, समस्या समाधान क्षमता र डिजिटल सीपलाई प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा विद्यार्थीहरूले अत्यन्तै प्रभावकारी प्रोजेक्ट तयार पारेको डिआइजी स्कूल लुम्बिनी प्रदेश प्रमुख लेखनाथ पन्थले बताए । “यो प्रतियोगिताले सहभागीहरूलाई आफ्नो कोडिङ सीप सुधार्न र समस्याहरूको समाधान गर्ने कुशलता अभिवृद्धि गर्न मद्दत पुर्याएको भने उत्कृष्ट प्रतियोगीलाई विश्वमञ्चमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरेको छ,” उनले भने । यस प्रतियोगितामा कक्षा २ र ३ का विद्यार्थीहरूले एविसि या प्रयोग गरी ऐनीमेसन गरेका थिए । कक्षा ४ र ५ का विद्यार्थी हरुले स्क्र्याचको प्रयोग गरी गेम बनाएका थिए भने कक्षा ६ र ७ का विद्यार्थी हरुले पाइथनको प्रयोग गरी एप्पलिकेशन बनाउने प्रतियोगिता गरेका थिए ।
जुनियर ब्लक-आधारित कोडिङ, कक्षा ५ का विद्यार्थीहरूले सिनियर ब्लक-आधारित कोडिङ र कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूले पाइथनमा आधारित रही विभिन्न थिममा प्रोजेक्ट तयार गरेका थिए ।
प्रतियोगिताले बालबालिकाको समस्या समाधान, रचनात्मकता र डिजिटल साक्षरताको विकासमा ठूलो योगदान दिएको भन्दै अभिभावकहरूले पनि खुशी व्यक्त गरेका छन् । “हाम्रो बच्चाले यस्तो ठूलो मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्न पाउँदा गर्व लागेको छ । डिआइजी स्कुलले यस्तो अवसर प्रदान गरेकोमा धन्यवाद छ,” सहभागी एक अभिभावकले भने ।
कार्यक्रममा क्यानन स्कूलका अध्यक्ष थानेश्वर पौडेल ,
क्यानन स्कूलका प्रधानाध्यापक शंकर भण्डारी, स्कुलकै प्रमुख दीपक पौडेल लगायतका सहभागिता थियो । कार्यक्रमको संयोजन क्यानन स्कूलका आईटी इन्चार्ज वीरेन्द्र कुमार यादवले गरेका थिए ।
प्रतियोगितामा एबीसीया प्रयोग गरी ऐनीमेसन बनाउनेमा बेबी स्टार मन्टेश्वरीका नमस थापा मगर प्रथम, देवसिद्धा इंग्लिश बोर्डिङ्ग स्कूलका अनुस पाण्डे, ज्ञानगंगा पठसाला का उत्तम ज्ञवाली तृतीय भएका थिए । यस्तै स्क्र्याचको प्रयोग गरी गेम बनाउने प्रतियोगितामा न्यू होराइजन इंग्लिश बोर्डिङका सुदर्शन आचार्य प्रथम, फर्साटिकर सिद्धार्थ इंग्लिश बोर्डिङ स्कुलका सुविज्ञा ज्ञवाली दृतिय र देवसिद्धा इंग्लिश बोर्डिङ्ग स्कूलका सम्पदा पाण्डे तृतीय भए । भने पाइथनको प्रयोग गरी एप्लिकेशन बनाउने प्रतियोगितामा नवज्योति इंग्लिश बोर्डिङ स्कुलका प्रमिशा भुसाल प्रथम, न्यू होराइजन इंग्लिश बोर्डिङ स्कुलका कृषब घिमिरे दोश्रो र हिलबर्त इंग्लिश बोर्डिङ्ग स्कूलका आर्यन भुसाल तेश्रो भएका थिए । यस्तै प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ५००० रुपैयाँ र प्रमाणपत्र , दोश्रो हुनेलाई नगद रु ३००० रुपैयाँ र प्रमाणपत्र र तेस्रो हुनेले नगद रु २००० र प्रमाणपत्र प्राप्त गरेका थिए ।
बालबालिकाको डिजिटल सीपको विकास गर्न र प्रविधिमा करियर सुरु गर्ने अवसर दिन यो प्रतियोगिता महत्त्वपूर्ण हुने आयोजकको विश्वास छ ।



















प्रतिक्रिया