२१ मंसिर २०८२, आइतबार | December 8, 2025

बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता आजदेखी सुरु

आयोजक लखन (सेतो)को विजयी शुरुवात



बुटवल । फुटबल खेलको उर्वरभुमिका रुपमा परिचित रुपन्देहीमा लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ शुरु भएको छ ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा मंगलबार भएको उद्घाटन खेलमा आयोजक लखन ब्रदर्श (सेतो)ले चादनी युवा क्लबलाई ५-१ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

सिद्धेश्वर लाल कुमारी माबि खेलमैदान भएको खेलमा आयोजकको जितमा मिलन आले र प्रेम थापाले २-२ तथा समुन्द्र ज्ञवालीले थप एक गोल गरे । आयोजक टिमका मिलन आलेले खेलको २९ औ मिनेटमा गोल गर्दै खेलमा अग्रता दिलाए । यसैगरि प्रेम थापाले ३२ औ र ३७ औ मिनेटमा लगातार गोल थपे । दोस्रो हाफमा खेलको ४४ औ मिनेटमा मिलन आले र ७२ औ मिनेटमा समुन्द्र ज्ञवालीले गोल गर्दै अन्तरलाई बढायो । चादनीका विकास थापाले खेलको ६६ औ मिनेटमा सान्त्वना गोल गरे । खेलमा आयोजक टिमका मिलन आले म्यान अफ दी म्याचबाट पुरस्कृत भए । बुधबारको खेल सौभाग्य युवा क्लब र इभोलुसन क्लब अफ बुटवलका बिच हुने संयोजक राम बहादुर थापाले बताए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्दै स्थानिय सरकारका खेल पूर्वाधारमा लगानी गरिरहेको बताए । विश्वमा नेपाललाई पहिचान दिलाउन सकिने खेल क्षेत्रमा लगानीको वातारण बन्दै गएको भन्दै यसमा बुटवल पछि नरहेको दाबी गरे ।

कार्यक्रममा नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, वडा नं ८ का वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनीले खेलको उर्वरभुमि बुटवलमा खेलकुद विकासका धेरै योजनाहरु तयार गरिरहेको बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष सुदिप खत्रीले खेल पूर्वाधारलाई संरक्षणमा स्थानिय पालिकाबाट पहल जरुरी रहेको भन्दै मैदान मर्मत र संरक्षणमा स्थानिय क्लबलाई नै जिम्मेवार बनाउदा प्रभावकारी हुने बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद १,५१,५१५ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ७५,७५७ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका सचिव निरन्जन पन्तले बताए ।

यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद १०, ५०० सहित अन्य चार जना उत्कृष्ट खेलाडीहरुलाई नगद ५,५५५ रुपैया, कपबाट पुरस्कृत गरिने उनले बताए । फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमले भाग लिएका छन भने १५ लाख खर्च हुने अनुमान आयोजकको छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ६ : ०३ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब