४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवलका थप ३१ स्थानमा हाइमाक्स लाईट जडान सुरु



बुटवल । बुटवल उपमहानगरपालिकाले थप ३१ स्थानमा हाइमाक्स लाईट जडान सुरु गरेको छ । उज्यालो सहरको नारा दिएर यसअघि बुटवलका विभिन्न स्थानमा हाइमाक्स लाईट जडान गरेको उपमहानगरले थप ३१ स्थानमा हाईमस्ट लाईट जडान सुरु गरेको हो ।

बुधबार बुटवलको ट्राफिक चोकमा जडान गर्ने हाइमाक्स लाईटको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र उप प्रमुख सावित्रादेवि अर्यालले सयुंक्त रुपमा शिलान्यास गरे ।

सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवललाई उज्यालो शहर, हरियालीयुक्त शहर, सफा सहरका रूपमा स्थापित गर्नका लागि काम भइरहेको बताए ।

बुटवललाई उज्यालो शहर बनाउनका लागि थप हाइमाक्स लाइट जडान गर्न लागिएको बताए । ‘बुटवल उज्यालो शहरको रुपमा बढाउन थप ३१ स्थानमा जडान गरिएको हो । अझै १७ स्थानमा जडान गर्ने लक्ष्य छ,’-उनले भने ।

यस्तै प्रमुख पाण्डेले बुटवलमा १२५ स्थानमा सिसिटिभि जडान गरिएको बताए । उनले योगिकुटी, राजमार्ग चौराह, अस्पताललाईन र गोलपार्कमा गरी ४ स्थानमा ट्राफिक लाईट जडान गर्ने प्रक्रिया केही दिन भित्रैमा सुरु हुने बताए । बुटवलका विभिन्न स्थानमा सार्वजनिक सौचालय, प्रतिक्षालय र व्यवस्थित सडकको निर्माण गरिने बताए ।

हाइमाक्स जडान बुटवल उपमहानगरपालिकाको एक करोड ३० लाख र संघिय सरकारबाट समपुरक अनुदानबाट प्राप्त ३ करोड ५१ लाख गरी करिव साढे चार करोड रकमबाट जडान गर्न थालिएको हो । हाइमाक्स लाईट जडानको ठेक्का जेठ मसान्त भित्रमा सक्ने गरी त्रिसन्धा सेफ स्टील्स काठमाडौंले ४ करोड ४३ लाखमा लिएको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ४ : २८ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको