१ चैत्र २०८२, आइतबार | March 16, 2026

बुटवलमा दोस्रो थकाली युवा राष्ट्रिय भेला एवम् महाधिवेशन सुरु



बुटवल । थकाली समुदायका युवाहरुको दोश्रो राष्ट्रिय भेला एवं दोश्रो महाधिवेशन बुटवलमा सम्पन्न भएको छ । थकाली युवा परिवारका अध्यक्ष योगेन्द्र शेरचन अध्यक्षतामा सम्पन्न भेलामा थकाली समाजको विकास र सांस्कृतिक पहिचानका विषयमा छलफल भएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीले थकाली समुदायको पहिचानका लागि सामुहिक प्रयास आवश्यक रहेको बताए । उनले राज्यले थकाली जातिको पहिचान तथा परम्पराका साँस्कृतिक कार्यक्रम, भेषभुषा प्रदर्शन तथा परिकारहरुलाई ब्राण्डीङ गर्न सहयोग गर्नुपर्ने बताए ।

उनले थकाली समुदायको जनसंख्या कम भएपनी नेपालको अर्थराजनितिमा समेत महत्त्वपूर्ण योगदान पुर्याएको दावी गरे ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य बिकल शेरचनले थकाली युवा परिवार समुदायको मौलिकता, भाषा, परम्परा र सँस्कृतिको संरक्षण तथा सभ्यताहरु पुस्तान्तरणका लागि जन्मिएको संस्था भएकोले सोही अनुसार कार्य योजना बनाएर लाग्नु पर्ने बताए ।

कार्यक्रममा क्रीकेटर शक्ति गौचन र मनिषा गौचनलाई सम्मान गरिएको थियो भने थकाली समुदायको बाह्र वर्षे मेलामा ४ चनका पाँडेहरुले वंशावली वाचन गर्नेस्थल रहेको पवित्र धार्मिकस्थल पुङयुङ ओढारको  पुनः निर्माणका लागि ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, थकाली सेवा समितिका केन्द्रिय अध्यक्ष गजेन्द्र तुलाचन, रुपन्देहीको कन्चन गाउपालिका अध्यक्ष नवराज ढकाल नेपाल आदिवासी जनजाति महासङका निवर्तमान अध्यक्ष जगत बराल, थकाली महिला परिवारका अध्यक्ष रिना भट्टचन, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका पुर्व अध्यक्ष शंकर गाहा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

थकाली युवा परिवारका सचिव चित्रलाल थकालीका अनुसार नेपालमा थकाली जातिको जनसंख्या करिव १२ हजार मात्र रहेको छ । खासगरी मुस्ताङमा बसोबास रहेको थकालीहरु अहिले देशभर फैलिएका छन् । थकाली समुदाय खानपान पाहुनाहरुको स्वागत सत्कारका लागि प्रख्यात छ ।

युवा भेलामा देशभरका विभिन्न १९ वटा सेक्टरबाट ७० जना प्रतिनिधि तथा प्रवेक्षक र अतिथी गरी १५० जना सहभागी छन् ।

भेलामा  अर्थविद विश्वास गौचन र प्रभु बैंकका सिईओ अशोक गौचनले युवाहरुलाई आर्थिक आत्मनिर्भरतका बारेमा प्रशिक्षण गरेका थिए भने । नेपाली चलचित्र निर्देशक दिपेन्द्र गौचन र आदिबासी जनजाती महासंघका पूर्व अध्यक्ष जगत बरानले आदिबासी जनजातीको अधिकारबारे प्रशिक्षण दिएका थिए ।

बिहिवार सम्म चल्ने अधिवेशनबाट नया नेतृत्व चयन गर्ने छ भने । राष्ट्रिय थकाली अनुसन्धान केन्द्रका अध्यक्ष योगेन्द्रमान भट्टचन तथा थकाली समाजका वरिष्ठ उपाध्यक्ष प्राध्यापक शुसिला शेरचनले प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ६ : ३५ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन