१ पुस २०८२, मंगलबार | December 17, 2025

कालिका मानवज्ञान माविका १३ सय ६४ छात्रालाई एचपिभी खोप लगाइयो



बुटवल । बुटवल १० कालिकानगरमा रहेको कालिका मानवज्ञान माविका छात्राहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप(एचपिभी) प्रदान गरिएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा बुधवार विद्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरी खोप प्रदान गरिएको हो ।

राष्ट्रव्यापी खोप अभियान अन्र्तगत विद्यालयमा कक्षा ६ देखि १० सम्म् अध्ययनरत १ हजार ३ सय ६४ जना छात्राहरुलाई बुधवार खोप प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए ।

कालिका मानवज्ञान माविको सेक्टर २ रामनगरमा भने मंगलबार नै यो खोप प्रदान गरिएको सेक्टर २ का ईन्चार्ज कृष्ण गौतमले जानकारी दिए ।

बुधवार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल उपमहानपालिकाका प्रमुख खेलराज पाण्डेयले कुनै पनि विद्यार्थी आर्थिक अभावमा अध्ययन गर्नबाट बन्चीत हुने अवस्था नआउन दिनको लागि नगरपालिकाले काम गर्दै आएको बताएका थिए । उनले कुनै पनि विद्यार्थीलाई आर्थिक अभावको कारण शिक्षाबाट बञ्चीत हुन नपर्ने यसको सबै व्यवस्था बुटवल उपमहानरपालिकाले प्रदान गर्ने समेत प्रतिवद्धता जनाएका थिए ।

अहिलेका किशोरीहरु भविश्यका आमा समेत भएको भन्दै उनले अहिले नै प्रणाघातक रोगको रुपमा रहेको पाठेघरको क्यान्सबाट बच्नको लागि सरकारले नै अर्को बर्ष देखि नियमित खोप कार्यक्रममा समावेश गरेर राम्रो काम गरेको समेत बताएका थिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका जनास्वाथ्य महाशाखा प्रमुख युवराज पाण्डेले पाठेघरको मुखको क्यान्स विरुद्धको खोप पूर्णरुपमा सुरक्षित भएको कारण निर्धक्क भएर लगाउनको लागि आग्रह गरेका थिए । उक्त कार्यक्रममा अनुगमनको रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, विद्यालयका सहायक प्रधानाध्यापक पिताम्बर बन्जाडे, सहित डब्लु एचओका प्रतिनिधी डा. राजेश सम्बरजिओ पाण्डव, डब्लुएचओका आर्यपीडी टिम लिर डा. जीवीलन्डर सिंह, एनपीओ पीएमई विनोद गुप्ता, सुदन ज्ञवाली, डा. पवन उपाध्यक्ष, डा. सागर तिवारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ८ : ५९ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष