१२ असार २०८३, शुक्रबार | June 26, 2026

कालिका मानवज्ञान मावि व्यवस्थापन समितिको अध्यक्षमा नित्यानन्द ज्ञवाली पुनः सर्वसम्मत चयन



बुटवल । रुपन्देहीको बुटवलमा अवस्थित देशकै उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा परिचित कालिका मानवज्ञान माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नित्यानन्द ज्ञवाली पुनः सर्वसम्मत रूपमा चयन भएका छन् ।

शुक्रबार विद्यालय परिसरमा आयोजित अभिभावकहरूको भेलाले ज्ञवालीलाई दोस्रो पटक पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी सुम्पिएको हो । भेलाले विद्यालयको निरन्तर शैक्षिक प्रगति, व्यवस्थापनमा देखिएको सुधार र नेतृत्वप्रति विश्वास जनाउँदै ज्ञवालीलाई पुनः नेतृत्वमा चयन गरेको बताइएको छ ।

भेलाबाट बुटवल उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष बलबहादुर पुनलाई वडा प्रतिनिधिका रूपमा पदेन सदस्य चयन गरिएको छ । त्यस्तै, विद्यालय व्यवस्थापन समितिका सदस्यहरूमा यमुना काउचा, तेजेन्द्र खनाल, सुमित्रा बराल, खुमानन्द भण्डारी र टीका ओली चयन भएका छन् ।

नवगठित विद्यालय व्यवस्थापन समितिको सदस्य सचिवको जिम्मेवारी विद्यालयका प्रधानाध्यापक दिनेश थापाले सम्हाल्नेछन् ।

अध्यक्षमा पुनः निर्वाचित नित्यानन्द ज्ञवाली यसअघि पनि विद्यालय व्यवस्थापन समितिको नेतृत्व गरिसकेका अनुभवी व्यक्ति हुन् । उनले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासित शैक्षिक वातावरण निर्माण, भौतिक तथा प्राविधिक पूर्वाधारको विकास र सामुदायिक सहभागिता थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अभिभावक भेलामा विद्यालयको समग्र अवस्था, उपलब्धि र आगामी योजनाबारे समेत छलफल भएको थियो । सहभागी अभिभावकहरूले नयाँ कार्यसमितिले विद्यालयलाई अझ नमूना र प्रतिस्पर्धी सामुदायिक विद्यालयका रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ८ : १७ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा