४ पुस २०८२, शुक्रबार | December 19, 2025

‘काश्मिर एकता दिवस’को अवसरमा पाकिस्तानी दूतावासद्वारा छलफल कार्यक्रम आयोजना



काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले ‘काश्मिर:अन्तर्राष्ट्रिय कानुन र अन्तरात्माको परीक्षा’  विषयक एक छलफल कार्यक्रमको आयोजना गरेको छ।

‘काश्मिर एकता दिवस’को अवसरमा आयोजित सो कार्यक्रममा मानवअधिकारकर्मी, बुद्धजीवि, पत्रकार, लेखक लगायतको उपस्थिति थियो । त्यसक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीका सन्देशहरू वाचन गरिएको थियो ।

राष्ट्रपति आसिफ अली ज़रदारीले आफ्नो सन्देशमा म्मु काश्मिर विवाद विश्वका सबैभन्दा पुराना अनसुल्झिएका मुद्दामध्ये एक भएको उल्लेख गरेका छन् । उनले भारतले काश्मिरी जनताको इच्छाविपरीत उक्त क्षेत्र कब्जा गरेको आरोप लगाउँदै काश्मिरी जनताको आत्मनिर्णयको अधिकारप्रति पाकिस्तान संकल्पित भएको जनाएका छन् ।

त्यसअवसरमा पाकिस्तानका राजदूत अबरार एच। हाश्मीले अन्तर्राष्ट्रिय कानुन, विश्वव्यापी अन्तरात्मा र नागरिक समाजको भूमिका तथा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का प्रस्तावहरूको आधारमामा काश्मिर समस्याको समाधान गर्नुपर्ने जनाए । उनले भारतले परिवर्तन गरेका कानूनी व्यवस्थाले त्यहाँको विवादास्पत स्थितिलाई परिवर्तन गर्न नसक्ने उल्लेख गरे ।

छलफलका क्रममा काश्मिरका पीडित जनताको अवस्थालाई उजागर गर्न सबैले आ(आफ्नो तर्फबाट भूमिका खेल्नुपर्नेमा पनि वक्ताहरूले जोड दिएका थिए।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ९ : २२ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज