१६ चैत्र २०८२, सोमबार | March 30, 2026

संसदमा प्रचण्डको सम्बोधन : स्वार्थ समुहलाई पोस्न अध्यादेश ल्याइयो

विपक्षी दलको सम्बोधन सुन्न प्रधानमन्त्री अनुपस्थित भएकोमा प्रचण्ड असन्तुष्ट



काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रधानमन्त्री अनुपस्थित भएको प्रति असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गर्ने क्रममा सुरुमै प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेताले बोल्ने क्रममा प्रधानमन्त्री नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले सत्तापक्षका सबैभन्दा ठूला दलका नेता पनि अनुपस्थित भएको भन्दै आउने विश्वास व्यक्त गरे । लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा सदनमा प्रवेश गरेका थिए ।

प्रचण्डले संसद अधिवेशन ढिलो बोलाएको भन्दै सरकारको आलोचना गरे । उनले सरकारले सदन छलेर अध्यादेश ल्याएको भन्दै आपत्ति जनाए । संसदमा विचाराधीन विधेयक फिर्ता नलिइन अध्यादेश किन ल्याएको भन्दै प्रश्न गरे ।

उनले स्वार्थ समुहलाई पोस्नकै लागि अध्यादेश ल्याएको आरोप लगाए ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  २ : ३८ बजे

प्रधानमन्त्री बालेन्द्रद्वारा प्रतिनिधिसभाका सांसदहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सांसदहरुसँग छलफल सुरु गरेका

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण