९ पुस २०८२, बुधबार | December 24, 2025

समयमा संसद नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र? : चित्रबहादुर केसी



काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अध्यादेशबाट सरकार चलाउनु अप्रजातान्त्रिक भएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभामा बोल्दै केसीले संसद बोलाउन कसले छेकेको थियो ? भन्दै प्रश्न गरे।

‘समयमा संसद नबोलाउने, अध्यादेशबाट सरकार चलाउने ? यही हो लोकतन्त्र ? यसो गर्नु हुँदैन,’ उनले भने, ‘संसद नचलाउने यो लोकतन्त्र होइन, अप्रजातान्त्रिक अभ्यास हो।’

सरकारले ६ वटा अध्यादेश प्रतिनिसभामा पेश गरेको छ। ती अध्यादेश के हुने भन्ने अन्योल यथावत् छ। सत्तापक्षसँग राष्ट्रिय सभामा आवश्यक संख्या नपुगेपछि अध्यादेश असफल हुने त्रासमा सत्तापक्ष छ।

सत्तापक्षले जनता समाजवादी पार्टीको साथ खोजिरहेको छ। तर, उक्त पार्टीले निःशर्त अध्यादेशलाई समर्थन नगर्ने भएको छ। उसले मधेस प्रदेशको मुख्यमन्त्री माग गरे पनि त्यसमा सत्तापक्षमा सहमति जुटिसकेको छैन।

 

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  २ : ३९ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच चुनावी एकता

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

बुटवल औद्योगिक प्रदर्शनीको पहिलो सातामै एक लाख अवलोकनकर्ता, ८ करोडको कारोबार

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीको पहिलो सातामै करिब एक

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने

बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक