४ पुस २०८२, शुक्रबार | December 19, 2025

लुम्बिनी प्रादेशिक अस्पतालले ११५ औं वार्षिकोत्सव मनाउँदै



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले आफ्नो ११५ औं वार्षिकोत्सव विविध अतिरिक्त क्रियाकलापसहित मनाउने भएको छ । वार्षिकात्सव सफल पार्नका लागि अस्पताल व्यवस्थापन समितिको अध्यक्ष अजमान श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरी विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

आगामी फागुन १५ गते मूल समारोह आयोजना गर्नेगरी तय गरिएका कार्यक्रमहरुसँगै अस्पतालको ईतिहास, वर्तमान अवस्था र आगामी योजनाहरुलाई समेटेर स्मारिका प्रकाशन गरिने भएको छ । यसैगरी अतिरिक्त क्रियाकलाप अन्तरगत अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङस्टाफ, कर्मचार लगायतका विभिन्न विभागहरु बीच फुटवल प्रतियोगिता, भलिबल प्रतियोगिता, क्रिकेट प्रतियोगिता, म्याराथ प्रतियोगिता आयोजना गरिने भएको छ । यसैगरी रक्तदान कार्यक्रम, फलफूल वितरण कार्यक्रम, सरसफाई कार्यक्रम तथा अस्पतालको स्वास्थ्य अवस्थाका विषयमा अन्तरक्रिया लगायतका कार्यक्रम तय गरिएको अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले जानकारी दिए ।

वार्षिकोत्सवका पूर्वसन्ध्यामा रुपन्देहीका पत्रकार र अस्पताल परिवार बीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता समे आयोजना गरिने भएको छ भने वार्षिकोत्सवको दिन फागुन १५ गते विहान विभिन्न सचेतनामूलक प्लेकार्डसहित प्रभातफेरीको आयोजना गरी बुटवल नगर परिक्रमा गर्ने कार्यक्रम तय भएको प्रशासकीय प्रमुख केसीले जानकारी दिए ।

वार्षिकोत्सव सफल बनाउनका लागि मूल आयोजक समितिमा अस्पतालका अध्यक्ष श्रेष्ठको संयोजकत्वमा अस्पताल व्यवस्थापन समिति सदस्य लक्ष्मी खनाल, अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकाल, प्रशासकीय प्रमुख राजन केसी, ठगेश्वर घिमिरे, नेहा थापा, रुपलाल पाण्डे, चिरञ्जिवी घिमिरे र पदम खनाल सदस्य रहेका छन् । यसैगरी स्मारिका प्रकाशनका लागि ज्ञानहरी मरासिनीको संयोजकत्वमा नेत्र राना, वर्षा थापा, राजन केसी, खगेश्वर घिमिरे, रुपलाल पन्थी, चिरञ्जिवी घिमिरे, पदम खनाल र डि.बी. सुस्लिङ सदस्य रहनेगरी समिति गठन गरिएको छ । मूल समारोहको लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ४ : ५६ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको