४ पुस २०८२, शुक्रबार | December 20, 2025

गायिका मङ्गेशकरको स्वर रहेको ‘बाचुन्जेलीलाई’ सार्वजनिक



काठमाडौँ । गायक रामकृष्ण ढकालले भारतीय गायिका लता मङ्गेशकरसँग गाएको गीत ‘बाचुन्जेलीलाई’ को ‘फिमेल भर्सन’ को अडियो सार्वजनिक गरेका छन् । गायिका मङ्गेशकरको तेस्रो वार्षिक पुण्य तिथिका अवसरमा आज हात्तीसारस्थित नेपाल हाउसमा आयोजित ‘लता मङ्गेशकर लव इन मेमोरी’ कार्यक्रममा उक्त गीत सार्वजनिक गरिएको हो ।

गायक ढकालले उक्त गीतलाई गायिका मङ्गेशकरले गाएको अन्तिम व्यावसायिक गीत भनेर दाबी गरे । “विश्व प्रसिद्ध गायिका मङ्गेशकरसँग गीत गाउन पाउनु मेरो जीवनको महत्वपूर्ण उपलब्धि हो । पुण्य तिथिका अवसरमा उहाँको एकल स्वर रहेको गीत सार्वजनिक गरेका हौँ”, गायक ढकालले भने । उनले चाँडै दृश्यलाई समावेश गरेर ‘म्युजिक भिडिओ’ पनि सार्वजनिक गर्ने जानकारी दिए ।

गायक ढकालले ‘बाचुन्जेलीलाई’ लाई प्रत्यक्ष रुपमा गाउँदै भारत पुगेर गायिका मङ्गेशकरसँग गीत ‘रेकर्ड’ गर्दाको समयलाई स्मरण गरे । “गायिका मङ्गेशकरसम्म पुग्न सक्नुलाई भाग्यमानी ठान्छु । उहाँले मेरो गीत सुनेपछि गाउन तयार हुनुभयो ।’ उनले भने । उनले गीतका रूपमा यसलाई एकल स्वरमा सार्वजनिक गर्नु संसारभर रहेका गायिका मङ्गेशकरका समर्थकका लागि विशेष उपहार रहेको बताए ।

उक्त अवसरमा सात चित्रकारले गायिका मङ्गेशकरको विभिन्न समयको चित्र कोरेका थिए । कार्यक्रममा गायक ढकालका अभिभावक गोपाल कर्माचार्य, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, गीतकार राजेन्द्र थापा, सङ्गीतकार राजु सिंह, अभिनेता कृष्ण मल्ललगायत उपस्थित थिए । गायिका मङ्गेशकरले ‘बाचुन्जेलीलाई’ गाउनुअघि ‘आकाशका तिरमिरे तारा, म गन्न सक्दिन’ ‘तिमीलाई शुभकामना’लगायत गीत गाएकी थिइन् । तीन वर्षअघि आजकै दिन गायिका मङ्गेशकरको निधन भएको थियो ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ९ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको