२५ चैत्र २०८२, बुधबार | April 8, 2026

गायिका मङ्गेशकरको स्वर रहेको ‘बाचुन्जेलीलाई’ सार्वजनिक



काठमाडौँ । गायक रामकृष्ण ढकालले भारतीय गायिका लता मङ्गेशकरसँग गाएको गीत ‘बाचुन्जेलीलाई’ को ‘फिमेल भर्सन’ को अडियो सार्वजनिक गरेका छन् । गायिका मङ्गेशकरको तेस्रो वार्षिक पुण्य तिथिका अवसरमा आज हात्तीसारस्थित नेपाल हाउसमा आयोजित ‘लता मङ्गेशकर लव इन मेमोरी’ कार्यक्रममा उक्त गीत सार्वजनिक गरिएको हो ।

गायक ढकालले उक्त गीतलाई गायिका मङ्गेशकरले गाएको अन्तिम व्यावसायिक गीत भनेर दाबी गरे । “विश्व प्रसिद्ध गायिका मङ्गेशकरसँग गीत गाउन पाउनु मेरो जीवनको महत्वपूर्ण उपलब्धि हो । पुण्य तिथिका अवसरमा उहाँको एकल स्वर रहेको गीत सार्वजनिक गरेका हौँ”, गायक ढकालले भने । उनले चाँडै दृश्यलाई समावेश गरेर ‘म्युजिक भिडिओ’ पनि सार्वजनिक गर्ने जानकारी दिए ।

गायक ढकालले ‘बाचुन्जेलीलाई’ लाई प्रत्यक्ष रुपमा गाउँदै भारत पुगेर गायिका मङ्गेशकरसँग गीत ‘रेकर्ड’ गर्दाको समयलाई स्मरण गरे । “गायिका मङ्गेशकरसम्म पुग्न सक्नुलाई भाग्यमानी ठान्छु । उहाँले मेरो गीत सुनेपछि गाउन तयार हुनुभयो ।’ उनले भने । उनले गीतका रूपमा यसलाई एकल स्वरमा सार्वजनिक गर्नु संसारभर रहेका गायिका मङ्गेशकरका समर्थकका लागि विशेष उपहार रहेको बताए ।

उक्त अवसरमा सात चित्रकारले गायिका मङ्गेशकरको विभिन्न समयको चित्र कोरेका थिए । कार्यक्रममा गायक ढकालका अभिभावक गोपाल कर्माचार्य, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, गीतकार राजेन्द्र थापा, सङ्गीतकार राजु सिंह, अभिनेता कृष्ण मल्ललगायत उपस्थित थिए । गायिका मङ्गेशकरले ‘बाचुन्जेलीलाई’ गाउनुअघि ‘आकाशका तिरमिरे तारा, म गन्न सक्दिन’ ‘तिमीलाई शुभकामना’लगायत गीत गाएकी थिइन् । तीन वर्षअघि आजकै दिन गायिका मङ्गेशकरको निधन भएको थियो ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ९ : ३४ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय

युद्धविराम सहमतिकाबीच खाडीमा आक्रमण जारी

एजेन्सी । अमेरिका र इरानबीच दुई हप्ते युद्धविरामको सहमति भएको

म्याग्दीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्रियो

म्याग्दी । आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक

करोडभन्दा बढी बैङ्किङ कसुर : पक्राउ गरी अदालतमा पेस

काठमाडौँ । एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी