७ श्रावण २०८३, बिहिबार | July 23, 2026

विश्व अन्तरधार्मिक सद्भाव सप्ताह आज सकिँदै



काठमाडौं । शान्ति र अहिंसाको संस्कृतिलाई प्रवद्र्धन गर्ने विश्व अन्तरधार्मिक सद्भाव सप्ताह विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ आज समापन हुँदैछ ।

सन् २०१० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष फेब्रुअरीको पहिलो सातालाई विश्व अन्तरधार्मिक सद्भाव सप्ताहका रुपमा मनाउन सुरु भएको हो । राष्ट्रसङ्घले जोर्डनका राजा अब्दुल्लाह द्वितीयले सोही वर्ष गर्नुभएको प्रस्ताव राष्ट्रसङ्घीय महासभाले पारित गरेसँगै विभिन्न मुलुकका सरकार, संस्था र नागरिक समाजले यो सप्ताह मनाउँदै आएका छन् ।

विश्व अन्तरधार्मिक सद्भाव सप्ताह आज समापन हुँदैछ । सन् २०१० मा महासभाले तोकेदेखि नै हो। महासभाले पारस्परिक समझदारी र अन्तरधार्मिक संवाद शान्तिको संस्कृतिको महत्त्वपूर्ण आयाम हो भन्ने कुरा औंल्यायो र विश्व अन्तरधार्मिक सद्भाव सप्ताहलाई उनीहरूको आस्थाको पर्वाह नगरी सबै मानिसहरू बीच सद्भाव प्रवद्र्धन गर्ने तरिकाको रूपमा स्थापित गरेको छ।

मानवबीच पारस्परिक समझदारी, सद्भाव र सहयोग बढाउन तथा सबैलाई स्वैच्छिक रूपमा र आफ्नो धार्मिक परम्परा वा विश्वासअनुसार मन्दिर, मस्जिद, गिर्जाघरलगायत अन्य पूजास्थलहरूमा आफ्नो आस्था प्रकट गर्न तथा अन्तरधार्मिक सद्भाव र सद्भावनाको सन्देश फैलाउन प्रोत्साहन गर्नु यो सप्ताहको उद्देश्य हो ।

 

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ८ : ५३ बजे

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा