२३ भदौ २०८३, मंगलबार | September 8, 2026

पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’



काठमाडौँ । प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब परिसरमा अत्याधुनिक सुविधासहितको ‘द ब्लु पेभेलियन’ सञ्चालनमा आएको छ । प्रहरी कर्मचारीलाई स्वस्थ, चुस्तदुरस्त र तनावमुक्त बनाउने अभिप्रायले निर्माण गरिएको सो भवनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गरे ।

कुल रु ७५ करोड ८७ लाख २९ हजारको लागतमा निर्माण गरिएको उक्त भवनमा बहुउद्देश्यीय हल, ब्याडमिन्टन कोर्ट, कन्फ्रेन्स हल, विशिष्ट तथा अतिविशिष्ट कक्ष, स्वास्थ्य कक्ष, जिम हलसहित दुईतले भूमिगत पार्किङलगायत सुविधा रहेको छ । तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विसं २०७६ भदौ २४ गते पेभेलियनको शिलान्यास गरेका थिए ।

त्यस अवसरमा गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी सङ्गठनमा रहेका जनशक्तिको शारीरिक, मानसिक स्वास्थ्यका साथै सांस्कृतिक कार्यको प्रवर्द्धन र मनोरञ्जनात्मक गतिविधिमा प्रहरी कर्मचारीलाई सहभागी गराउने उद्देश्यले निर्मित पेभिलियनले प्रहरीको कार्यसम्पादनमा थप कुशलता र व्यावसायिकता प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी कर्मचारीलाई शारीरिक तन्दुरुस्तीका साथै मानसिक स्फूर्ति कायम राख्नका लागि पेभिलियनले सहयोग पुर्‍याउने बताए । उनले आगामी दिनमा पुलिस क्लबको संरचनालाई विस्तार गरी अत्याधुनिक जिम, साउना, पौडी पोखरीसहितको पुलिस हेल्थ क्लब, सुविधासम्पन्न प्रहरी गेष्ट हाउस र नगर प्रहरीको कार्यालयसमेत स्तरोन्नति गर्ने योजना रहेको सुनाए ।

प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले पहिलो चरणमा नेपाल प्रहरी कर्मचारीलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको पुलिस क्लबलाई चरणबद्ध रूपमा आमनागरिकको पहुँचमा पु¥याइने बताए ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ६ : १७ बजे

एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै

काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह

कृष्णभीरको अवरोधले लमजुङ-काठमाडौं यात्रा कष्टकर

लमजुङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ-काठमाडौं यात्रा

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

काठमाडौं । आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं